महरालाई सीआइबी कार्यालय पुर्‍याइयो, बयान लिइँदै

महरालाई सीआइबी कार्यालय पुर्‍याइयो, बयान लिइँदै : Icon Khabar

काठमाडौं, चैत ५ । सुन प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाजिम्पाटले बयान लिने तयारी गदैछ । सोमबार बिहान कपितवस्तुबाट पक्राउ परेका उनलाई केहीबेरअघि काठमाडौँ ल्याइएको हो ।

आज बिहान भैरहवा हुँदै दाङ जाने क्रममा महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । छानविन आयोगले सुन काण्डको प्रतिवेदन बुझाएपछि महरा प्रहरी निगरानीमा थिए । सोही क्रममा उनलाई आज पक्राउ गरी काठमाडौँमा ल्याई अनुसन्धान गर्ने तयारी रहेको सीआइबी उच्च स्रोतले जानकारी दियो ।

सीआइबी उच्च स्रोतका अनुसार उनको आज बानेश्वरस्थित सीआइबीको केन्द्रीय कार्यालयमा बयान लिने तयारी छ । पूर्व सभामुख महरासँग आयोगले यसअघि बयान समेत लिएको थियो । यता महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । यस प्रकरणबारे सीआइबीले गरेको अनुसन्धानमा त्रुटि रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए ।

Published Date: 18 March 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?