महरालाई सीआइबी कार्यालय पुर्‍याइयो, बयान लिइँदै

महरालाई सीआइबी कार्यालय पुर्‍याइयो, बयान लिइँदै : Icon Khabar

काठमाडौं, चैत ५ । सुन प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाजिम्पाटले बयान लिने तयारी गदैछ । सोमबार बिहान कपितवस्तुबाट पक्राउ परेका उनलाई केहीबेरअघि काठमाडौँ ल्याइएको हो ।

आज बिहान भैरहवा हुँदै दाङ जाने क्रममा महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । छानविन आयोगले सुन काण्डको प्रतिवेदन बुझाएपछि महरा प्रहरी निगरानीमा थिए । सोही क्रममा उनलाई आज पक्राउ गरी काठमाडौँमा ल्याई अनुसन्धान गर्ने तयारी रहेको सीआइबी उच्च स्रोतले जानकारी दियो ।

सीआइबी उच्च स्रोतका अनुसार उनको आज बानेश्वरस्थित सीआइबीको केन्द्रीय कार्यालयमा बयान लिने तयारी छ । पूर्व सभामुख महरासँग आयोगले यसअघि बयान समेत लिएको थियो । यता महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । यस प्रकरणबारे सीआइबीले गरेको अनुसन्धानमा त्रुटि रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने