महरा पक्राउपछि गगनको टिप्पणी : आयोग बनाउने एमालेकाे माग सहि रहेछ

महरा पक्राउपछि गगनको टिप्पणी : आयोग बनाउने एमालेकाे माग सहि रहेछ : Icon Khabar

काठमाडौं, चैत ५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन काण्डमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि सरकारलाई धन्यवाद दिएको छ । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुन काण्डमा मुछिएकाहरू कसैलाई पनि छाड्न नहुने बताएका हुन् ।

महामन्त्री थापाले तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा कुरा नउठाएको भए सुन काण्ड फासफुस हुने देखिएको टिप्पणी गरेका छन् । उनले भने, ‘सुन काण्डमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । आयोगले किटान गरेका कोही व्यक्तिलाई छोड्नु हुँदैन । यसमा सरकारलाई पूर्ण साथ रहन्छ । यसले हामीलाई एउटा कुरा सिकाएको छ । तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले यो विषयमा कुरा नउठाएको भए आयोग नबन्ने रहेछ । आयोग नबनेको भए सुन काण्ड फासफुस हुने रहेछ ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताए । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आयोगले पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको हो ।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए । त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । सोही अनुसार गृहमन्त्री लामिछानेले मातहतका सुरक्षा निकायलाई पक्राउ गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार महरालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2024


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी