सुपरहिट बलिउड फिल्म ‘आरआरआर’ को सिक्वेल बन्दै

सुपरहिट बलिउड फिल्म ‘आरआरआर’ को सिक्वेल बन्दै : Icon Khabar

काठमाडौं, चैत ५ ।  सन् २०२२ मो सुपरहिट बलिउड फिल्म ‘आरआरआर’को सिक्वेलको तयारी सुरु भएको छ। बलिउडका व्यापार विश्लेषक तथा समीक्षक मनोबाला विजयबालनले ट्वीट गर्दै ‘आरआरआर’को सिक्वेलको तयारी भइरहेको जनाएका छन्।

एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा राम चरण, जुनियर एनटीआर प्रमुख भूमिका रहँदा अजय देवगन र आलिया भट्ट विशेष भूमिकामा थिए।

फिल्मका निर्माता विजयेन्द्र प्रसादले रामचरण र जुनियर एनटीआरको ‘आरआरआर’को सिक्वेल बनाउने तयारी भइरहेको हामीलाई जानकारी दिएका छन्। यो फिल्म हलिउड स्टाण्डर्डको हुनेछ।

फिल्मको निर्देशन एसएस राजामौली वा उनको निगरानीमा अरु कसैले गर्नेछन्। उनको ड्रिम प्रोजेक्ट ‘महाभारत’, महेश बाबूको जंगल एडभेन्चर फिल्म पुरा हुनासाथ सिक्वेलको काम सुरु हुनेछ’, मनोबालाले ट्वीट गरेका छन्।

एक्सन प्याक्ड पेन इण्डियाको फिल्म ‘आरआरआर’लाई विश्वव्यापी सफलता मिलेको थियो। फिल्मको गीत ‘नाटू नाटू’ले ९५ औं ओस्कार अवार्डमा ‘बेस्ट ओरिजिनल गित’को अवार्ड जितेको थियो।

Published Date: 18 March 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु