सुपरहिट बलिउड फिल्म ‘आरआरआर’ को सिक्वेल बन्दै

सुपरहिट बलिउड फिल्म ‘आरआरआर’ को सिक्वेल बन्दै : Icon Khabar

काठमाडौं, चैत ५ ।  सन् २०२२ मो सुपरहिट बलिउड फिल्म ‘आरआरआर’को सिक्वेलको तयारी सुरु भएको छ। बलिउडका व्यापार विश्लेषक तथा समीक्षक मनोबाला विजयबालनले ट्वीट गर्दै ‘आरआरआर’को सिक्वेलको तयारी भइरहेको जनाएका छन्।

एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा राम चरण, जुनियर एनटीआर प्रमुख भूमिका रहँदा अजय देवगन र आलिया भट्ट विशेष भूमिकामा थिए।

फिल्मका निर्माता विजयेन्द्र प्रसादले रामचरण र जुनियर एनटीआरको ‘आरआरआर’को सिक्वेल बनाउने तयारी भइरहेको हामीलाई जानकारी दिएका छन्। यो फिल्म हलिउड स्टाण्डर्डको हुनेछ।

फिल्मको निर्देशन एसएस राजामौली वा उनको निगरानीमा अरु कसैले गर्नेछन्। उनको ड्रिम प्रोजेक्ट ‘महाभारत’, महेश बाबूको जंगल एडभेन्चर फिल्म पुरा हुनासाथ सिक्वेलको काम सुरु हुनेछ’, मनोबालाले ट्वीट गरेका छन्।

एक्सन प्याक्ड पेन इण्डियाको फिल्म ‘आरआरआर’लाई विश्वव्यापी सफलता मिलेको थियो। फिल्मको गीत ‘नाटू नाटू’ले ९५ औं ओस्कार अवार्डमा ‘बेस्ट ओरिजिनल गित’को अवार्ड जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2024
Website | + posts
ताजा
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू