प्रतिनिधिसभाको वैठक बस्दै, अवरोध कायम राख्ने कांग्रेसको तयारी

प्रतिनिधिसभाको वैठक बस्दै, अवरोध कायम राख्ने कांग्रेसको तयारी : Icon Khabar

काठमाडौं, चैत ५ । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।यसअघि आइतबारका लागि बोलाइएको संसद बैठक जनता समाजवादी पार्टी नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आज बस्ने गरी स्थगित भएको थियो ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै आजको बैठकमा पनि आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

शुक्रबारको बैठकमा कांग्रेस सांसदहरूले बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले ४ चैतसम्मका लागि बैठक स्थगित गरेका थिए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेले समय दिन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए । सहकारी ठगी प्रकरणमा नाम जोडिएकाले गृहमन्त्रीमा लामिछानेको बहाली अस्वाभाविक भएको भन्दै उनीहरूले प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएसम्म संसदमा अवरोध कायम राख्ने बताएका छन् ।

Published Date: 18 March 2024
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक