बुढा सुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

बुढा सुब्बा गोल्डकपको उपाधि एनआरटीलाई : Icon Khabar

काठमाडौँ, चैत ४ । न्यूरोड टिम एनआरटीले बुढा सुब्बा गोल्डकपको उपाधि जितेको छ।

शनिबार भएको उपाधि भिडन्तमा मोरङ फुटबल संघलाई पराजित गर्दै एनआरटीले उपाधि जितेको हो।

एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो।

एनआरटीले मोरङ फुटबल संघलाई २–१ गोलले पराजित गर्दै उपाधि जित्यो।

सातौँ मिनेटमा एनआरटीका ओलावालेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ४४औँ मिनेटमा मोरङका उमेश कार्कीले बराबरी गोल गरे।

५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले एनआरटीलाई दोस्रो पटक अग्रता दिलाए।

एनआरटीले १० लाख र मोरङले पाँच लाख रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै एनआरटीका सनम लिम्बूले २ लाख रुपैयाँ पुरस्कार पाए।

बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पूजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।

Published Date: 17 March 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न