बुढा सुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

बुढा सुब्बा गोल्डकपको उपाधि एनआरटीलाई : Icon Khabar

काठमाडौँ, चैत ४ । न्यूरोड टिम एनआरटीले बुढा सुब्बा गोल्डकपको उपाधि जितेको छ।

शनिबार भएको उपाधि भिडन्तमा मोरङ फुटबल संघलाई पराजित गर्दै एनआरटीले उपाधि जितेको हो।

एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो।

एनआरटीले मोरङ फुटबल संघलाई २–१ गोलले पराजित गर्दै उपाधि जित्यो।

सातौँ मिनेटमा एनआरटीका ओलावालेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ४४औँ मिनेटमा मोरङका उमेश कार्कीले बराबरी गोल गरे।

५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले एनआरटीलाई दोस्रो पटक अग्रता दिलाए।

एनआरटीले १० लाख र मोरङले पाँच लाख रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै एनआरटीका सनम लिम्बूले २ लाख रुपैयाँ पुरस्कार पाए।

बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पूजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2024
Website | + posts