आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २ । आज २०८० चैत २ गते शुक्रबार, तद्अनुसार १५ मार्च २०२४ । आज फागुन शुक्ल षष्ठी, विश्व उपभोक्ता अधिकार दिवस, विषकुम्भ कौलव कृत्तिका, सूर्योदय बिहानः ६ः१२ बजे, सूर्यास्त साँझः १८ः१२ बजे ।

आजको राशिफल

मेष: लेन–देनमा हतार नगर्नु होला । एकाएक स्वास्थ्‍य बिग्रन सक्छ । काममा मन लाग्ने छैन ।

वृष: प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । कुनै ठूलो काम गर्ने मन बन्ने छ ।

मिथुन: फजूल खर्च बढ्ने छ । शत्रु भय रहने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

कर्कट: अप्रत्याशित लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

सिंह: एकाएक ठूलो खर्च हुनेछ । बनिसकेको काम बिग्रन सक्छ । चिन्ता तथा तनाव रहने छ ।

कन्या: घरका कान्छा सदस्यको चिन्ता रहने छ । व्यावसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ ।

तुला: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृश्चिक: वैवाहिक प्रस्ताव आउन सक्छ । कुनै प्रवुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनसक्छ । लाभको अवसर हात पर्नेछ ।

धनु: स्वास्थ्य कमजोर रहने छ । विवादबाट क्लेश हुनसक्छ । लाभका लागि प्रयास गर्नु होला ।

मकर: कानूनी वाधा हटेर स्थिति अनुकूल बन्ने छ । व्यावसायिक यात्रा सफल रहने छ । साथीहरुको सहयोग पाइने छ ।

कुम्भ: सुखका साधन जुट्ने छन् । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । उत्साह कायम रहने छ ।

मीन: विवेकको प्रयोग गर्नु होला । समस्याहरु घट्ने छन् । लाभको अवसर हात पर्नेछ ।

Published Date: 15 March 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु