आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १ । आज २०८० चैत १, बिहीबार, तद्अनुसार १४ मार्च २०२४ । आज मीन संक्रान्ति, फागुन शुक्ल चतुर्थी, सूर्योदयः बिहान ६ः१४ बजे, सूर्यास्तः साँझ १८ः११ बजे ।

आजको राशिफल

मेष: कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला । अप्रत्याशित खर्च बढ्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

वृष: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । शारीरिक कष्ट सम्भव छ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

मिथुन: सुखका साधन प्राप्त हुनेछन् । नयाँ योजना बन्ने छ । सामाजिक काम गर्ने इच्छा रहने छ ।

कर्कट: धार्मिक अनुष्ठान, पूजा–पाठ आदिको कार्यक्रम आयोजित हुनसक्छ । मानसिक शान्ति रहने छ । लाभको अवसर हात पर्नेछ ।

सिंह: कुसगंतिबाट बच्नु होला । अरुको कुरामा नबहकिनु होला । लेन–देनमा सावधानी आवश्यक छ ।

कन्या: शरीरमा कमर अथवा घुँडाको दुखाइले सताउन सक्छ । लेन–देनमा सावधानी अपनाउनु होला । धन प्राप्ति सुगम हुनेछ ।

तुला: शत्रु परास्त हुनेछन् । सुखका साधनहरुको प्राप्तिमा खर्च हुनेछ । धन लाभको अवसर हात पर्नेछ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । व्यापारबाट लाभ हुनेछ । भाग्यको साथ पाइने छ ।

धनु: बोलीमा नियन्त्रण राख्नु होला । शारीरिक कष्ट सम्भव छ । यात्रामा हतार नगर्नु होला । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला ।

मकर: प्रयास सफल रहने छ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइने छ ।

कुम्भ: यश बढ्ने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ । कुनै ठूलो समस्याबाट मुक्ति पाइन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2024
Website | + posts