आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १ । आज २०८० चैत १, बिहीबार, तद्अनुसार १४ मार्च २०२४ । आज मीन संक्रान्ति, फागुन शुक्ल चतुर्थी, सूर्योदयः बिहान ६ः१४ बजे, सूर्यास्तः साँझ १८ः११ बजे ।

आजको राशिफल

मेष: कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला । अप्रत्याशित खर्च बढ्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

वृष: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । शारीरिक कष्ट सम्भव छ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

मिथुन: सुखका साधन प्राप्त हुनेछन् । नयाँ योजना बन्ने छ । सामाजिक काम गर्ने इच्छा रहने छ ।

कर्कट: धार्मिक अनुष्ठान, पूजा–पाठ आदिको कार्यक्रम आयोजित हुनसक्छ । मानसिक शान्ति रहने छ । लाभको अवसर हात पर्नेछ ।

सिंह: कुसगंतिबाट बच्नु होला । अरुको कुरामा नबहकिनु होला । लेन–देनमा सावधानी आवश्यक छ ।

कन्या: शरीरमा कमर अथवा घुँडाको दुखाइले सताउन सक्छ । लेन–देनमा सावधानी अपनाउनु होला । धन प्राप्ति सुगम हुनेछ ।

तुला: शत्रु परास्त हुनेछन् । सुखका साधनहरुको प्राप्तिमा खर्च हुनेछ । धन लाभको अवसर हात पर्नेछ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । व्यापारबाट लाभ हुनेछ । भाग्यको साथ पाइने छ ।

धनु: बोलीमा नियन्त्रण राख्नु होला । शारीरिक कष्ट सम्भव छ । यात्रामा हतार नगर्नु होला । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला ।

मकर: प्रयास सफल रहने छ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान पाइने छ ।

कुम्भ: यश बढ्ने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ । कुनै ठूलो समस्याबाट मुक्ति पाइन सक्छ ।

Published Date: 14 March 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु