अभिनेता सलोन बस्नेत दम्पतीले सार्वजनिक गरे प्रेग्नेंसी फोटोशूट

अभिनेता सलोन बस्नेत दम्पतीले सार्वजनिक गरे प्रेग्नेंसी फोटोशूट : Icon Khabar

भक्तपुर, फागुन ३० । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा श्रेष्ठले गर्भावस्था अर्थात प्रेग्नेन्सीको तस्बिर खिचेर सार्वजनिक गरेका छन् ।

बस्नेत दम्पतीले गर्भावस्थाको तस्बिरहरु सामाजिक सञ्जालमा प्रकाशन भएसँगै विभिन्न सञ्चारमाध्यमहरुले साभार गर्दै चर्चा सुरु गरेका छन् ।
बस्नेत खानदानका पछिल्ला चलचित्रकर्मीका रुपमा सलोन बस्नेल पछिल्लो समय चलचित्रबृत्तमा चर्चामा छन् ।

उनका बाबु सोभित बस्नेच नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक तथा निर्माता हुन् । उनका काका जयकिशन बस्नेत पनि नेपाल चलचित्र क्षेत्रका स्थापित अभिनेता हुन् । प्रकाशित तस्बिरमा दुवै जना जिन्स आउटफिटमा फोटोसुट गरेको देख्न सकिन्छ ।

उनीहरू दुवैले जिन्स ज्याकेट र जिन्स पाइन्ट लगाएका छन् । करिश्माले पाइन्टको जिपर खुला राखेकी छन् भने तस्विरमा दुवै जनालाई निकै खुशी मुद्रामा देख्न सकिन्छ ।

सलोन र करिश्माको गतवर्ष मंसिर १२ गते विवाह भएको थियो । प्रेम सम्वन्धलाई पूर्णता दिँदै उनीहरू विवाह बन्धनमा बाँधिएका थिए ।
करिष्मा श्रेष्ठ पेशाले एअर होस्टेज हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने