अभिनेता सलोन बस्नेत दम्पतीले सार्वजनिक गरे प्रेग्नेंसी फोटोशूट

अभिनेता सलोन बस्नेत दम्पतीले सार्वजनिक गरे प्रेग्नेंसी फोटोशूट : Icon Khabar

भक्तपुर, फागुन ३० । अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा श्रेष्ठले गर्भावस्था अर्थात प्रेग्नेन्सीको तस्बिर खिचेर सार्वजनिक गरेका छन् ।

बस्नेत दम्पतीले गर्भावस्थाको तस्बिरहरु सामाजिक सञ्जालमा प्रकाशन भएसँगै विभिन्न सञ्चारमाध्यमहरुले साभार गर्दै चर्चा सुरु गरेका छन् ।
बस्नेत खानदानका पछिल्ला चलचित्रकर्मीका रुपमा सलोन बस्नेल पछिल्लो समय चलचित्रबृत्तमा चर्चामा छन् ।

उनका बाबु सोभित बस्नेच नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक तथा निर्माता हुन् । उनका काका जयकिशन बस्नेत पनि नेपाल चलचित्र क्षेत्रका स्थापित अभिनेता हुन् । प्रकाशित तस्बिरमा दुवै जना जिन्स आउटफिटमा फोटोसुट गरेको देख्न सकिन्छ ।

उनीहरू दुवैले जिन्स ज्याकेट र जिन्स पाइन्ट लगाएका छन् । करिश्माले पाइन्टको जिपर खुला राखेकी छन् भने तस्विरमा दुवै जनालाई निकै खुशी मुद्रामा देख्न सकिन्छ ।

सलोन र करिश्माको गतवर्ष मंसिर १२ गते विवाह भएको थियो । प्रेम सम्वन्धलाई पूर्णता दिँदै उनीहरू विवाह बन्धनमा बाँधिएका थिए ।
करिष्मा श्रेष्ठ पेशाले एअर होस्टेज हुन् ।

Published Date: 13 March 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग