भारतीय सेयर बजारमा गिरावट, गुम्यो लगानीकर्ताको खरबौं रुपैयाँ सम्पति

भारतीय सेयर बजारमा गिरावट, गुम्यो लगानीकर्ताको खरबौं रुपैयाँ सम्पति : Icon Khabar

काठमाडौं, फागुन ३० । भारतीय सेयर बजारमा सोमबार भारी गिरावट आउँदा लगानीकर्ताको खरबौं रुपैयाँ सम्पति गुमेको छ ।

भारतका प्रमुख सेयर बजार सूचकहरु ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैमा बुधबार गिरावट आएको हो । सेन्सेक्स ९०६ विन्दुले घटेर ७२,७६१ विन्दुमा आएको छ । यस्तै, निफ्टी सूचक पनि ३३८ विन्दुले घटेर २१,९९७ विन्दुमा आएको छ ।

भारतीय सेयर बजारमा बुधबार विशेषगरी सानो (स्मल क्याप) र मध्यम (मिड क्याप) पुँजीकरण भएका र एसएमई कम्पनीहरुमा भारी गिरावट आएपछि समग्र सूचक घटेको हो । ‘स्मल क्याप इन्डेक्स’ ५%, ‘मिड क्याप इन्डेक्स’ ४% र ‘एसएमई इन्डेक्स’ ६% ले घटेका छन् ।

भारतीय बजार नियामकले केही समय अघि भारतका स्मल क्याप र मिड क्याप कम्पनीहरुको मूल्यांकन उच्च भएको (ओभरभ्याल्यूएसन) भन्दै सचेत गराएको थियो । सेबीको टिप्पणीको असर पनि यी सूचकहरुमा परेको विश्लेषण गरिएको छ ।

बजारमा भारी गिरावट आउँदा बुधबार भारतीय लगानीकर्ताले एकै दिन १४० खर्ब भारु बराबरको सम्पति गुमाएका छन् । बीएसई सेन्सेक्समा सूचीकृत सबै कम्पनको बजार पुँजीकरण १४० खर्ब (१४ लाख करोड) भारुले घटेर ३७२ लाख करोडमा आएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

Published Date: 13 March 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु