भारतीय सेयर बजारमा गिरावट, गुम्यो लगानीकर्ताको खरबौं रुपैयाँ सम्पति

भारतीय सेयर बजारमा गिरावट, गुम्यो लगानीकर्ताको खरबौं रुपैयाँ सम्पति : Icon Khabar

काठमाडौं, फागुन ३० । भारतीय सेयर बजारमा सोमबार भारी गिरावट आउँदा लगानीकर्ताको खरबौं रुपैयाँ सम्पति गुमेको छ ।

भारतका प्रमुख सेयर बजार सूचकहरु ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैमा बुधबार गिरावट आएको हो । सेन्सेक्स ९०६ विन्दुले घटेर ७२,७६१ विन्दुमा आएको छ । यस्तै, निफ्टी सूचक पनि ३३८ विन्दुले घटेर २१,९९७ विन्दुमा आएको छ ।

भारतीय सेयर बजारमा बुधबार विशेषगरी सानो (स्मल क्याप) र मध्यम (मिड क्याप) पुँजीकरण भएका र एसएमई कम्पनीहरुमा भारी गिरावट आएपछि समग्र सूचक घटेको हो । ‘स्मल क्याप इन्डेक्स’ ५%, ‘मिड क्याप इन्डेक्स’ ४% र ‘एसएमई इन्डेक्स’ ६% ले घटेका छन् ।

भारतीय बजार नियामकले केही समय अघि भारतका स्मल क्याप र मिड क्याप कम्पनीहरुको मूल्यांकन उच्च भएको (ओभरभ्याल्यूएसन) भन्दै सचेत गराएको थियो । सेबीको टिप्पणीको असर पनि यी सूचकहरुमा परेको विश्लेषण गरिएको छ ।

बजारमा भारी गिरावट आउँदा बुधबार भारतीय लगानीकर्ताले एकै दिन १४० खर्ब भारु बराबरको सम्पति गुमाएका छन् । बीएसई सेन्सेक्समा सूचीकृत सबै कम्पनको बजार पुँजीकरण १४० खर्ब (१४ लाख करोड) भारुले घटेर ३७२ लाख करोडमा आएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला