दक्षिण कोरियाको बेरोजगारी १३.३ प्रतिशतले घट्यो

दक्षिण कोरियाको बेरोजगारी १३.३ प्रतिशतले घट्यो : Icon Khabar

सियोल, फागुन २८ । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो ।

रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो वर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ । जनवरीमा एक अङ्कको वृद्धि भएपनि बेरोजगारी दरको दाबी फेब्रुअरीमा पुनः तल झरेको थियो ।

गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ ।

लाभ प्राप्त कर्ताहरूको सङ्ख्या एक वर्ष अघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेब्रुअरीमा छ लाख २५ हजार ५०० थियो । गत वर्षको फेब्रुअरीदेखि लगातार बेरोजगारी दाबीमा वृद्धि हुँदै आएको छ ।

फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब बोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ । -रासस/सिन्ह्वा

Published Date: 12 March 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग