अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर

अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर : Icon Khabar

भक्तपुर, असोज १२ । भक्तपुर, कमलविनायकस्थित अमरज्योति ज्ञानकुञ्ज स्कुलले कक्षा ४, ५ र ६ का विद्यार्थीहरूलाई लक्षित गर्दै ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ (Junior Parliament Assembly) आयोजना गरेको छ। ‘युवा आवाज, उज्ज्वल भविष्यका लागि’ (Young Voices for a Better Tomorrow) भन्ने नारासहित आयोजित कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, सार्वजनिक वक्तृत्वकला तथा लोकतान्त्रिक अभ्यासको विकास गर्ने उद्देश्य राखेको थियो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले संसदीय अभ्यासको नमुना प्रस्तुत गर्दै आफ्ना विचार राख्ने, छलफल गर्ने र सामूहिक निर्णय प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गरेका थिए।

विद्यालयका प्रधानाध्यापक किरण गोसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वः प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी, अपेन भक्तपुर नगरका अध्यक्ष सूर्यभक्त श्रेष्ठ तथा रेडियो कान्तिपुरका लोकप्रिय रेडियो प्रस्तोता किरण सुवाल अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमले सानै उमेरदेखि विद्यार्थीहरूलाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता, जिम्मेवार नागरिकको भूमिका तथा नेतृत्वदायी क्षमताबारे व्यावहारिक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।

पुस्तकीय ज्ञानलाई व्यवहारसँग जोड्दै विद्यार्थीहरूको आवाजलाई महत्व दिने उद्देश्यले आयोजित यस प्रकारको अभ्यासले उनीहरूमा सिर्जनशील सोच, तार्किक अभिव्यक्ति, सहकार्य र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।

‘युवा आवाज, उज्ज्वल भविष्यका लागि’ भन्ने मूल सन्देशसहितको यस कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यका सचेत, जिम्मेवार र सक्षम नागरिकका रूपमा तयार पार्ने शैक्षिक प्रयासलाई प्रतिबिम्बित गरेको छ।

Published Date: 28 September 2026


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग