यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै

मेन चोक टोलभित्र बसोबास गर्ने ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान पनि गरिने

यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै : Icon Khabar

भक्तपुर, असोज ८ । आपसी सद्भाव, एकता, शान्ति र सकारात्मक ऊर्जाको आवश्यकता महसुस गर्दै भक्तपुरको लिवालीमा विशेष भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुने भएको छ।

यहि असोज २० गते शनिबार मेन चोक टोल सुधार समिति, लिवाली भक्तपुरको आयोजनामा हुन लागेको कार्यक्रममा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा ज्येष्ठ नागरिकलाई सहभागी हुन आह्वान गरिएको छ।

आयोजकका अनुसार भजन–कीर्तन तथा प्रार्थनामार्फत सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामना गरिनेछ। साथै देशमा शान्ति, सद्भाव र अमनचयन कायम होस् भन्ने उद्देश्यले सामूहिक प्रार्थना गरिनेछ।

कार्यक्रम बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सिवाली, भक्तपुरमा सञ्चालन हुने र मेन चोक टोलभित्र बसोबास गर्ने ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ। समितिका अध्यक्ष अजित प्रजापतिले आइकन खबरलाई जानकारी दिए । कार्यक्रममा स्थानीयवासीसहित ज्येष्ठ नागरिक तथा इच्छुक सबैलाई सहभागी भई धार्मिक, सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्न आयोजकले आग्रह गरेको छ।

Published Date: 24 September 2026


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग