प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण

प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण : Icon Khabar

काठमाडौं, असोज २६ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५, जुबुमा जन्मिएका प्रेमकुमार राईको आत्मवृत्तान्त शनिबार काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा लोकार्पण गरिएको छ। नेकपाका नेता नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र थुलुङ दुधकोशी गाउँपालिकाका पूर्वअध्यक्ष असिम राईलगायतको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो।

२००९ साल चैत १० गते जन्मिएका ७६ वर्षीय राईले शिक्षा, राजनीति र समाजसेवामा लामो समय योगदान दिएका छन्। उनले २०३० देखि २०६९ सालसम्म जनजागृति निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा ४० वर्षभन्दा बढी सेवा गरेका थिए।

पुस्तकमा नेपालको सामन्तवादविरोधी आन्दोलन, पञ्चायतविरोधी सङ्घर्ष, भूमिगत राजनीति, वामपन्थी सङ्गठन निर्माण, २०३५ सालको विद्यार्थी आन्दोलन तथा सोलुखुम्बुको शैक्षिक, सामाजिक र सांस्कृतिक इतिहास समेटिएको छ। थुलुङ राई समुदायको इतिहास, संस्कृति र वंशावलीसँगै लेखकका व्यक्तिगत सङ्घर्ष र जीवन अनुभवसमेत पुस्तकमा समावेश छन्।

Published Date: 12 October 2026






ताजा
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड