आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन २१ । आज २०८० फागुन २१ गते सोमबार, तद्अनुसार ४ मार्च २०२४ । आज फागुन कृष्ण पक्षको अष्टमी/नवमी, जेष्ठा नक्षत्र, बज्र योग, चन्द्र राशिः वृश्चिक, सूर्योदयः बिहान ०६ः२६ बजे, सूर्यास्तः साँझ १८ः०७ बजे ।

आजको राशिफल

मेष: योजना फलीभूत हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

वृष: व्यवसायमा ध्यान दिनु पर्नेछ । पूजा–पाठमा मन लाग्ने छ । लगानी शुभ रहने छ ।

मिथुन: घर–परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । लेन–देनमा हतार नगर्नु होला । चिन्ता तथा तनाव रहने छ ।

कर्कट: कानूनी वाधा हटेर लाभको स्थिति निर्माण हुनेछ । विवादमा नपर्नु होला । प्रसन्नता रहने छ ।

सिंह: परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । लगानीले शुभ फल दिने छ । घर–परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ ।

कन्या: पार्टी अथवा पिकनिकको आनन्द मिल्ने छ । रचनात्मक कार्य सफल रहने छ । समयको अनुकूलताको लाभ मिल्ने छ ।

तुला: टाढाबाट नराम्रो खबर आउन सक्छ । मेहनत बढी तर लाभ कम हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

वृश्चिक: मेहनतको फल पाइने छ । लगानी लाभदायक रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

धनु: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । ठूलो काम गर्ने मन बन्ने छ ।

मकर: नवीन वस्त्राभूषण प्राप्ति सम्भव छ । यात्रा लाभदायक रहने छ । प्रसन्नता रहने छ ।

कुम्भ: फजूल खर्चमा नियन्त्रण राख्नु होला । शारीरिक कष्टबाट वाधा उत्पन्न हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मीन: यात्रा लाभदायक रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । शेयर मार्केटबाट ठूलो लाभ हुनसक्छ ।

Published Date: 04 March 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता