दक्षिण कोरियामा डाक्टरहरू आन्दोलनमा, काममा नफर्किए अनुमति पत्र रद्द गर्ने सरकारको चेतावनी

दक्षिण कोरियामा डाक्टरहरू आन्दोलनमा, काममा नफर्किए अनुमति पत्र रद्द गर्ने सरकारको चेतावनी : Icon Khabar

सिओल, फागुन १७ । दक्षिण कोरियामा आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए सरकारले अनुमति पत्र रद्द गर्ने चेतावनी दिएको छ। उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको हो।

तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन्।

देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन्।

विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ। त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ।

दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ। आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाको मूल्य निकै कम तोकिएको छ। जबकि कस्मेटिक सर्जरी लगायतको मूल्य निकै उच्च रहेको छ। यसले डाक्टरहरू ठुला सहरका आकर्षक स्थानमा काम गर्न आकर्षित बनेका छन्।

यही कारणले ग्रामीण क्षेत्रमा डाक्टरहरूको कमी देखिएको छ। दक्षिण कोरियामा डाक्टरहरूलाई राम्रो तलब सुविधा दिए पनि काम गर्ने समयको तुलना गर्दा उनीहरूले न्यूनतम तलबभन्दा पनि कम आम्दानी गरिरहेको तर्क गर्छन्।

२५ वर्षीय डाक्टर रायू ओके हाडाले आफूले हप्तामा १ सय घण्टाभन्दा बढी काम गर्ने गरेको सुनाए। उनका अनुसार कहिलेकाहीँ आफूले नसुती ४० घण्टासम्म काम गर्ने गरेको बताए।

Published Date: 29 February 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न