आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन १६ । आज २०८० फागुन १६ गते बुधबार, तद्अनुसार २८ फेब्रुअरी २०२४ । आज फाल्गुन कृष्ण पक्ष चतुर्थी, चित्रा– नक्षत्र, गण्ड– योग, वव– करण, चन्द्रराशि– कन्या, सूर्योदय बिहान– ६ः३२ बजे, सूर्यास्त साँझ– १८ः०२ बजे ।

आजको राशिफल

मेष: ठूलो सम्झौताले लाभ दिन सक्छ । आम्दानीमा वृद्धि हुनेछ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

वृष: मान–सम्मान पाइने छ । यात्रा मनोरञ्जक रहने छ । कुनै मांगलिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ ।

मिथुन: व्यर्थको दौडधूप हुनेछ । काममा मन लाग्ने छैन । कुनै व्यक्ति विशेषसंग मनमुटाव हुनेछ ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । धनार्जन हुनेछ ।

सिंह: शत्रु शान्त रहने छन् । बोलीमा नियन्त्रण राख्नु होला । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

कन्या: भाग्योन्नतिको प्रयास सफल रहने छ । रोजगार प्राप्ति सहज हुनेछ । व्यावसायिक यात्राबाट लाभ हुनेछ ।

तुला: व्यापार–व्यवसाय राम्रो हुनेछ । ऐश्वर्यमा खर्च हुनेछ । मान–सम्मान पाइने छ ।

वृश्चिक: शुभ समाचार पाउन सकिने छ । लेन–देनमा सावधानी अपनाउनु होला । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

धनु: आराम गर्ने समय पाइने छ । नयाँ योजना बन्ने छ । सामाजिक कार्य गर्ने प्रेरणा मिल्ने छ ।

मकर: यात्राले मनोनुकूल लाभ दिने छ । हतार तथा विवादबाट बच्नु होला । धार्मिक कार्यक्रमको आयोजन हुनसक्छ ।

कुम्भ: आज मान–सम्मानको योग बन्ने छ । काममा मन लाग्ने छैन । आफ्नै मान्छेको व्यवहार प्रतिकूल रहने छ ।

मीन: कष्ट, भय तथा चिन्ताको वातावरण बन्न सक्छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । व्यवसायिक लाभमा वृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2024
Website | + posts