नेपालको अन्तर्राष्ट्रिय व्यापार सङ्कुचन कायमै, अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन

नेपालको अन्तर्राष्ट्रिय व्यापार सङ्कुचन कायमै, अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन : Icon Khabar

काठमाडौँ, फागुन १० । बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो ।

गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ खर्ब ८४ अर्ब रुपियाँको कुल व्यापार देखिन्छ । कुल व्यापारमा ९१ प्रतिशतभन्दा बढी हिस्सा आयातको रहे पनि आयात करिब २१ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ ।

माघसम्म नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष माघसम्म नौ खर्ब १९ अर्ब १६ करोड रुपियाँको वस्तु आयात भएको थियो ।

सुधारको लय समातेको निर्यात पनि बढ्न सकेको छैन । गत वर्ष माघसम्म ९३ अर्ब ४३ करोड रुपियाँको वस्तु निर्यात भएकोमा यस वर्ष माघसम्म ७.०७ प्रतिशतले घटेर ८६ अर्ब ८३ करोड रुपियाँको मात्र निर्यात भएको देखिन्छ ।

कुल वस्तु आयातमध्ये सबैभन्दा धेरै आयात हुनेमा डिजेल रहेको छ । माघसम्म ७७ अर्ब ४१ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि ३८ अर्ब ८२ करोड रुपियाँको पेट्रोल आयात भएको छ । पेट्रोलपछि ३० अर्ब ३१ करोड रुपियाँको एलपी ग्यास, २२ अर्ब ६६ करोड रुपियाँको फलाम र १७ अर्ब ३८ करोड रुपियाँको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्क छ ।

निर्याततर्फ सबैभन्दा धेरै छ अर्ब सात करोड रुपियाँसहित गलैँचा शीर्ष स्थानमा छ । त्यसपछि ठुलो अलैँची चार अर्ब ४४ करोड रुपियाँको निर्यात भएको तथ्याङ्कले देखाउँछ । चार अर्ब २१ करोड रुपियाँको फलामे छड आयात भएको छ । छड निर्यातमा सरकारले अनुदान बढाउँदा त्यसको प्रभाव फलामे छड निर्यातमा देखिएको छ ।

समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै भारतबाट पाँच खर्ब ५४ अर्ब ७५ करोड रुपियाँको वस्तु आयात गरेको छ भने ५८ अर्ब ७२ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । चीनबाट एक खर्ब ७३ अर्ब नौ करोड रुपियाँको वस्तु आयात हुँदा एक अर्ब ८५ करोड रुपियाँको वस्तु निर्यात भएको छ । त्यसपछि संयुक्त अरब इमिरेट्सबाट १५ अर्ब ६९ करोड रुपियाँको वस्तु आयात भएको देखिन्छ ।

Published Date: 22 February 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता