नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट : Icon Khabar

काठमाडौँ, फागुन १ । मंगलबार नेप्से परिसूचक ३०.५६ अंक घटेर २०७०.५९ विन्दुमा झरेको छ। त्यसैगरी,  सेन्सेटिभ इण्डेक्स ५.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बको शेयर कारोबार भएको बजारमा आज ३०५ स्टकको ८२ हजार ८९९ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै,  जोशी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ९.७० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको  ३२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सोनापुर मिनरल्सको करिब १२ करोडको शेयर खरिदबिक्री भएको छ भने सानिमा मिडल तमोरको कारोबार रकम १० अर्ब नाघेको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत घटेको छ। त्यस्तै, आज वित्त, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 February 2024
Website | + posts