नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट : Icon Khabar

काठमाडौँ, फागुन १ । मंगलबार नेप्से परिसूचक ३०.५६ अंक घटेर २०७०.५९ विन्दुमा झरेको छ। त्यसैगरी,  सेन्सेटिभ इण्डेक्स ५.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बको शेयर कारोबार भएको बजारमा आज ३०५ स्टकको ८२ हजार ८९९ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै,  जोशी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ९.७० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको  ३२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सोनापुर मिनरल्सको करिब १२ करोडको शेयर खरिदबिक्री भएको छ भने सानिमा मिडल तमोरको कारोबार रकम १० अर्ब नाघेको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत घटेको छ। त्यस्तै, आज वित्त, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 13 February 2024


ताजा
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
आज आइतबारको राशिफल
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु