सरकारले बिदा देओस् नदेओस् क्रान्तिकारीहरुले जनयुद्ध दिवस मनाउँछन् -गृहमन्त्री

सरकारले बिदा देओस् नदेओस् क्रान्तिकारीहरुले जनयुद्ध दिवस मनाउँछन् -गृहमन्त्री : Icon Khabar

काठमाडौँ, फागुन १ । उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि धुमधामका साथ जनयुद्ध दिवस मनाउन अपिल गरेका छन्।

काठमाडाैँमा आयाेजित कार्यक्रममा बाेल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस क्रान्तिकारीहरुकाे महान दिन भएकाे बताउँदै यसलाई उत्साहपूर्वक मनाउन अपिल गरेका हुन्। ‘सरकारले औपचारिक रुपमा बिदा दिओस् नदिओस् आजकाे दिन एतिहासिक जनयुद्ध दिवस हाे र क्रान्तिकारीहरुले, नेपाली जनताले यसलाई मनाउँछन्, मनाइरहेका छन्’, उनले भने, ‘र आज हामीले त्यसकारण पनि याे मनाइरहेका छाैँ।’

गृहमन्त्री श्रेष्ठले सर्वाेच्च अदालतले जनयुद्ध दिवस मनाउन सरकारले दिएकाे बिदालाई राेक लगाए पनि फेरि सरकारले अर्काे निर्णयबाट राष्ट्रिय उत्सवकाे रुपमा जनयुद्ध मनाउने व्यवस्था गर्ने बताएका छन्।

Published Date: 13 February 2024


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास