२१४ रनको कीर्तिमानी जितसँगै नेपाल समूह विजेता

२१४ रनको कीर्तिमानी जितसँगै नेपाल समूह विजेता : Icon Khabar

काठमाडौँ, फागुन १ । नेपाली महिला टोली एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । आज मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई २१४ रनले हराउँदै नेपाल समूह विजेता भएर क्वाटरफाइनल प्रवेश गरेको हो ।

अब नेपालले भोलि क्वाटरफाइनलमा कुवेतसँग खेल्नेछ । भोलिको क्वाटरफाइनल पनि यही मैदानमा हुनेछ । क्वाटरफाइनल जितेको खण्डमा नेपालले शुक्रबार बायोमास ओभलमा हुने सेमिफाइनल खेल्नेछ । सेमिफाइनल पनि जितेर फाइनल पुग्न सकेमा नेपाल यही वर्ष हुने एसिया कपमा छनोट हुनेछ ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ५९ बलमा नटआउट ११८ रन बनाइन् । उनले १० चौका र ५ छक्का प्रहार गरिन् ।

यस्तै पूजा महतो ५९ रनको स्कोरमा नटआउट रहिन् । सीता राना मगरले १५ र कविता कुँवरले १३ रन बनाइन् । माल्दिभ्सका लागि शम्मा अलीले ३ विकेट र नब्बा नसीमले १ विकेट लिइन् ।

जवाफी ब्याटिङमा आएको माल्दिभ्स १३.५ ओभरमा १३ रनको स्कोरमै अलआउट भयो । माल्दिभ्सका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि अस्मिना कर्माचार्यले ४ विकेट तथा रुबिना क्षेत्री र पूजा महतोले ३–३ विकेट लिए ।

Published Date: 13 February 2024


ताजा
आज आइतबारको राशिफल
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु