२१४ रनको कीर्तिमानी जितसँगै नेपाल समूह विजेता

२१४ रनको कीर्तिमानी जितसँगै नेपाल समूह विजेता : Icon Khabar

काठमाडौँ, फागुन १ । नेपाली महिला टोली एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । आज मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई २१४ रनले हराउँदै नेपाल समूह विजेता भएर क्वाटरफाइनल प्रवेश गरेको हो ।

अब नेपालले भोलि क्वाटरफाइनलमा कुवेतसँग खेल्नेछ । भोलिको क्वाटरफाइनल पनि यही मैदानमा हुनेछ । क्वाटरफाइनल जितेको खण्डमा नेपालले शुक्रबार बायोमास ओभलमा हुने सेमिफाइनल खेल्नेछ । सेमिफाइनल पनि जितेर फाइनल पुग्न सकेमा नेपाल यही वर्ष हुने एसिया कपमा छनोट हुनेछ ।

आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ५९ बलमा नटआउट ११८ रन बनाइन् । उनले १० चौका र ५ छक्का प्रहार गरिन् ।

यस्तै पूजा महतो ५९ रनको स्कोरमा नटआउट रहिन् । सीता राना मगरले १५ र कविता कुँवरले १३ रन बनाइन् । माल्दिभ्सका लागि शम्मा अलीले ३ विकेट र नब्बा नसीमले १ विकेट लिइन् ।

जवाफी ब्याटिङमा आएको माल्दिभ्स १३.५ ओभरमा १३ रनको स्कोरमै अलआउट भयो । माल्दिभ्सका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि अस्मिना कर्माचार्यले ४ विकेट तथा रुबिना क्षेत्री र पूजा महतोले ३–३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 February 2024
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो