एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’विरुद्ध उजुरी

एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’विरुद्ध उजुरी : Icon Khabar

काठमाडौँ, फागुन १ । चोरीको आरोप लागेको गायिका एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’विरुद्ध उजुरी परेको छ ।

गायक विश्वराम कार्कीले ‘कट्टा हान्दिन्छु’ बोलको गीत आफ्नो गीतबाट हुबहु चोरिएको दाबी गर्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । ‘म विश्वराज कार्कीले २०७८।०१।१५ मा रेकर्ड भएको गीत मेगेन्द्र सुवेदीसँग लिएँ । सुवास कार्कीको शब्द संयोजनमा म गायक विश्वराम कार्कीको लगानीमा सबै काम सकिएको थियो’, उजुरीमा भनिएको छ ‘उक्त गीत हुबहु कपि गरेर भिडियो सहित सार्वजनिक गरिएको छ ।’

आफ्नो गीतमा ‘सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने कट्टा हान्दिन्छु’ भन्ने भएको र एलिनाको गीतमा ‘सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु। धेरै बढी बोलिस् भने मायामा कट्टा हान्दिन्छु’ भन्ने रहेको र गीतमा मायामा मात्र थपिएको र अन्य सबै उस्तै भएको उनको दाबी छ।

कार्कीले उक्त गीत आफूले एक वर्ष अगाडि नै रेकर्ड गराएको र अडियो पनि सार्वजनिक पनि भएको बताएका छन्। अडियो पहिल्यै नै सार्वजनिक भएपनि भिडियो भने निकाल्न ढिला भएको उनको भनाइ छ।

एलिनाको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ ओबी रायमाझी युट्युब च्यानलबाट सार्वजनिक भएको छ । जसलाई ओबी रायमाझीले बाहिर ल्याएका हुन् । रायमाझीले सार्वजनिक गरेको गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् । यस गीतको भिडियोमा रायमाझीले समेत खेलेका छन्। यो गीतलाई अहिलेसम्म ६७ लाख बढी पटक हेरिएको छ ।

Published Date: 13 February 2024


ताजा
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
आज आइतबारको राशिफल
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु