२ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

२ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ : Icon Khabar

काभ्रे, माघ २३ । पनौती नगरपालिका-५ आईटी पार्कस्थित सडकबाट २ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-११ घर भई काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप, रामेछाप नगरपालिका-८ घर भई काठमाडौं बालाजु डेरा गरी बस्नेहरू २० वर्षीय संजिब तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन् ।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.६ च २९६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा प्लाष्टिकको ७३ वटा बोरामा रहेको उक्त परिमाणको अप्रशोधित गाँजा फेला पारी चालक बुद्धमान र गाडीमा सवार संजिब र बिमलालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published Date: 06 February 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी