२ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

२ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ : Icon Khabar

काभ्रे, माघ २३ । पनौती नगरपालिका-५ आईटी पार्कस्थित सडकबाट २ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-११ घर भई काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप, रामेछाप नगरपालिका-८ घर भई काठमाडौं बालाजु डेरा गरी बस्नेहरू २० वर्षीय संजिब तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन् ।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.६ च २९६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा प्लाष्टिकको ७३ वटा बोरामा रहेको उक्त परिमाणको अप्रशोधित गाँजा फेला पारी चालक बुद्धमान र गाडीमा सवार संजिब र बिमलालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित