वी किड्स स्कूलमा स्पोर्ट्स कार्निभल २०८० सुरू

वी किड्स स्कूलमा स्पोर्ट्स कार्निभल २०८० सुरू : Icon Khabar

भक्तपुर, माघ २२ । वी किड्स स्कूल पाण्डुबजार भक्तपुरको स्पोर्ट्स कार्निभल २०८० आइतबारबाट सुरू भएको छ।

कराते खेलबाट सुरू भएको सो कार्यक्रममा नेपाल कराते महासंघका महासचिव एवं सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्याता रहेको थियो। विद्यालयका विद्यार्थीहरुबाट मार्च पास गरि सो कार्यक्रमको उद्घाटन भएको हो। कराते संघका पदाधिकारीहरू एवं वरिष्ठ गुरूहरूको उपस्थित रहेको सो उद्घाटन सत्रमा एशियन कराते रेफ्रिका ग्रेडिङ्गका संयोजक रेफ्रि राम शरण त्वाती लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सो स्पोर्ट्स कार्निभलमा कराते स्पाईरल (प्रतियोगिता), White Belt बाट Orange Belt मा ग्रेडिङ्ग र विद्यार्थीहरूबाट करातेको काटाँ प्रदर्शन
गरिएको थियो। ग्रेडिङ्गमा सफल विद्यार्थीहरूलाई प्रमुख अतिथि गुरूङ्गद्वारा प्रमाण पत्र तथा orange belt वितरण गरिएको थियो। गुरुङले कराते खेल आत्मरक्षाको मात्र नभई व्यक्तित्व विकासमा महत्वपुर्ण हुने, समाज, देशको प्रतिष्ठाको लागि रहेको विचार व्यक्त गरे, उनले हरेक क्षेत्रमा कराते खेलसंग सम्बन्धित व्यक्तिहरूनै नेतृत्वमा अगाडी रहको बताए।

उनले विद्यालयले कराते खेललाई प्राथमिकतामा राखि भविष्यमा खेलाडीको उत्पादन तथा देशका लागि सहि सक्षम अनुशासित नेतृत्व विकासका लागि पहल गरेकोमा आभार पनि ब्यक्त गरे।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मन्जु दुवालको सभाअध्यक्षता रहेको थियो। प्रिन्सिपल दुवालले खेलले विद्यार्थीहरुको शारीरिक विकास मात्र नभई मानसिक र व्यक्तित्व विकासमा सहयोग पुग्ने र अनुशासित रहन सिकाउने माध्यम रहेको बताईन्। साथै उनले ग्रेडिङ्म सफल विद्यार्थीहरूलाई बधाई र शुभकामना पनि दिएकी थिईन्।

कार्यक्रम संचालन विद्यालयकी एकेडेमिक कोर्डिनेटर श्रीदेवी कर्माचार्यले गरेकी थिईन्। त्यसैगरी स्वागत मन्तव्य विद्यालयकी शिक्षिका सृजना बासुकलाले ब्यक्त गरेकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 05 February 2024
Website | + posts