चर्च ब्वाइजलाई २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा गोल्डकपको फाइनलमा प्रवेश

चर्च ब्वाइजलाई २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा गोल्डकपको फाइनलमा प्रवेश : Icon Khabar

पोखरा, माघ १८ । चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गरेका थिए ।

यसअघि दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो । ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि चर्च ब्वाइजका समिर तामाङले ८५ औं मिनेटमा गोल फर्काएका थिए ।

हेम्जनले करिब ३० यार्डबाट पाएको फ्रिकिकलाई सदुपयोग गर्दै बललाई विपक्षी गोलपोस्टको जाली चुमाए । ६१ औं मिनेटमा पेनाल्टी बक्स नजिकै उनलाई चर्चब्वाइजका सन्तोष खत्रीले लडाउन पुगेका थिए ।

लगत्तै उनलाई मुख्य रेफ्री प्रज्वल क्षत्रीले पहेंलो कार्ड दिँदै आर्मीलाई फ्रिकिकको मौका दिए । त्यही मौका हेम्जनले गुमाएनन् । उनले प्रहार गरेको ग्राउन्ड सट चर्च ब्वाइजका गोल रक्षक सन्तोष महतले रोक्ने कुनै अवसर पाएनन् ।

तर, अन्तिम समयमा चर्च ब्वाइजले गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो । खेलको ८५ औं मिनेटमा चर्चब्वाइजका समीर तामाङले गोल गरे । उनको गोलसँगै नतिजा बराबरीमा पुगेपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा आर्मीले अग्रता लिएको केही समयपछि चर्च ब्वाइजले खेलाडी परिवर्तन गर्न लागेको थियो ।

मैदानभित्र रहेका सन्तोष खत्रीको ठाउँमा लाइनअपमै नभएका कृपाकान्त चौधरीलाई मैदान पठाएको थियो । भित्र छिरिसकेका चौधरीको लाइनअपमै नाम नभएको सहायक रेफ्रीले जनाउ दिएपछि मुख्य रेफ्री प्रज्वल क्षेत्रीले उनलाई बाहिर पठाए । उनीसँगै सन्तोष खत्री पनि बाहिर आइसकेका थिए ।

केहीबेर १० जना मात्रै खेल खेलेपछि बल्ल लाइनअपमा भएका मनिष जर्घामगर मैदान प्रवेश गरे ।

आर्मीले थ्री स्टार क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । आर्मी र थ्रीस्टार पछिल्लो पटक २०७५ मा सँगै फाइनल पुगेका थिए । त्यतिबेला निर्धारित समय २–२ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा थ्रीस्टारले बाजी मारेको थियो । थ्रीस्टारले हालसम्म ५ पटक उपाधि जितेको छ भने त्रिभुवन आर्मी क्लब उपाधिविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 February 2024
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने