चर्च ब्वाइजलाई २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा गोल्डकपको फाइनलमा प्रवेश

चर्च ब्वाइजलाई २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा गोल्डकपको फाइनलमा प्रवेश : Icon Khabar

पोखरा, माघ १८ । चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गरेका थिए ।

यसअघि दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो । ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि चर्च ब्वाइजका समिर तामाङले ८५ औं मिनेटमा गोल फर्काएका थिए ।

हेम्जनले करिब ३० यार्डबाट पाएको फ्रिकिकलाई सदुपयोग गर्दै बललाई विपक्षी गोलपोस्टको जाली चुमाए । ६१ औं मिनेटमा पेनाल्टी बक्स नजिकै उनलाई चर्चब्वाइजका सन्तोष खत्रीले लडाउन पुगेका थिए ।

लगत्तै उनलाई मुख्य रेफ्री प्रज्वल क्षत्रीले पहेंलो कार्ड दिँदै आर्मीलाई फ्रिकिकको मौका दिए । त्यही मौका हेम्जनले गुमाएनन् । उनले प्रहार गरेको ग्राउन्ड सट चर्च ब्वाइजका गोल रक्षक सन्तोष महतले रोक्ने कुनै अवसर पाएनन् ।

तर, अन्तिम समयमा चर्च ब्वाइजले गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो । खेलको ८५ औं मिनेटमा चर्चब्वाइजका समीर तामाङले गोल गरे । उनको गोलसँगै नतिजा बराबरीमा पुगेपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा आर्मीले अग्रता लिएको केही समयपछि चर्च ब्वाइजले खेलाडी परिवर्तन गर्न लागेको थियो ।

मैदानभित्र रहेका सन्तोष खत्रीको ठाउँमा लाइनअपमै नभएका कृपाकान्त चौधरीलाई मैदान पठाएको थियो । भित्र छिरिसकेका चौधरीको लाइनअपमै नाम नभएको सहायक रेफ्रीले जनाउ दिएपछि मुख्य रेफ्री प्रज्वल क्षेत्रीले उनलाई बाहिर पठाए । उनीसँगै सन्तोष खत्री पनि बाहिर आइसकेका थिए ।

केहीबेर १० जना मात्रै खेल खेलेपछि बल्ल लाइनअपमा भएका मनिष जर्घामगर मैदान प्रवेश गरे ।

आर्मीले थ्री स्टार क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । आर्मी र थ्रीस्टार पछिल्लो पटक २०७५ मा सँगै फाइनल पुगेका थिए । त्यतिबेला निर्धारित समय २–२ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा थ्रीस्टारले बाजी मारेको थियो । थ्रीस्टारले हालसम्म ५ पटक उपाधि जितेको छ भने त्रिभुवन आर्मी क्लब उपाधिविहीन छ ।

Published Date: 01 February 2024
ताजा
मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु
अष्ट्रेलियाको बेरोजगारी बढ्यो , बेरोजगारी दर बढेर ४.३ प्रतिशत
आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता