हिमाली क्षेत्रमा हिमपात, काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना

हिमाली क्षेत्रमा हिमपात, काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, माघ १८ । पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले तीन वटा प्रदेशमा हल्का वर्षा भइरहेको छ।

मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्का वर्षा भइरहेको छ।

आज रातिसम्म नै यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनी बताउछन्।

यस्तै, सुदूरपश्चिम र बागमती प्रदेशका एक दुई स्थानमा समेत छिटफुट वर्षाको सम्भावना छ। उनले भने, “पश्चिमी वायुको प्रभावका कारण अहिले देशभरको मौसममा बदली भएको छ। अहिले तीन प्रदेशमा हल्का वर्षा भइरहेको छ। राति सुदूरपश्चिम र बागमती प्रदेशमा पनि हल्का पानी पर्ने सम्भावना छ।”

उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको छ। भोलिदेखि भने मौसममा सुधार आउने उनको भनाइ छ।

उपत्यकामा छिटफुट वर्षाको सम्भावना

काठमाडौँ उपत्यकाको आकाशमा यतिखेर बादल मडारिएको छ। अहिले पानी नपरेपनि केही बेरपछि उपत्यकाका एक–दुई स्थानमा छिटफुट वर्षाको सम्भावना छ। पश्चिमी वायुको प्रभाव त्यति धेरै नभएकाले ठुलो पानी पर्ने सम्भावना नरहेको हो।

Published Date: 01 February 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी