गायक राहत फतेह अली खानले आफ्नो नोकरलाई चप्पलले हिर्काएको भिडियो बाहिरिएपछि

गायक राहत फतेह अली खानले आफ्नो नोकरलाई चप्पलले हिर्काएको भिडियो बाहिरिएपछि : Icon Khabar

इस्लामावाद, माघ १५ । पाकिस्तानी गायक राहत फतेह अली खानबारे सनसनीपूर्ण समाचार बाहिर छ । ट्विटरमा तीव्र रुपमा भाइरल भइरहेको एउटा भिडियोमा गायकले आफ्नो एक नोकरलाई चप्पल हानिरहेका देखिन्छन् ।

टेबलमा राखेको रक्सीको बोतल कहाँ गयो भनेर गायकले सोधिरहेको सुनिन्छ । यो भिडियो देखेपछि पाकिस्तानी सर्वसाधारणले गायकको व्यापक आलोचना गरिरहेका छन् ।

भिडियोमा गायकले नोकरको कपाल समातेका छन् । हातमा चप्पल समातेर टाउकोमा धमाधम हान्छन् । नोकर भागेर पर पुगे पनि उनले छाड्दैनन । रक्सीको बोतल कहाँ गयो भन्ने जवाफ नआएपछि उनले पुनः नोकरको कपाल भुत्लाएर पिट्न थाल्छन् । पिटाइ सहन नसकेर उनी ढल्छन् । त्यहि उभिएका अन्य व्यक्तिले उसलाई समातेर उठाइदिन्छन् । तर गायकले पिट्न छाड्दैनन् ।

सामाजिक सञ्जालमा यो भिडियो व्यापक शेयर हुन थालेपछि गायकले पिटाइ खाएकै नोकरसँग एउटा भिडियो शेयर गरेका छन् । त्यो भिडियोमा गायकले नोकरसँग माफी माग्दै उस्ताद र शिष्यको आपसी मामिला भएको बताएका छन् । पिटाई खाएका व्यक्ति (नोकर) ले पनि आफ्नो उस्तादलाई बदनाम गर्ने कोशिश गरिएको बताएका छन् ।

अघिल्लो भिडियो हेरेर भड्किएका मानिसहरु दोस्रो भिडियो देखेर झनै चिढिएका छन् । केहिले त झुठो बोलेर आफूहरुलाई पागल बनाउने कोशिश गरेको आरोप समेत गायक खानलाई लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 29 January 2024
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट