भक्तपुरका नगर प्रमुख प्रजापति र विरेन्द्रनगरका प्रमुख भण्डारीबीच भेटघाट

भक्तपुरका नगर प्रमुख प्रजापति र विरेन्द्रनगरका प्रमुख भण्डारीबीच भेटघाट : Icon Khabar
सुर्खेत, माघ ८ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारी (ढकाल) बीच शनिबार प्रमुख भण्डारीको सभाकक्षमा भेटघाट भएको छ ।शुक्रबार सुर्खेत पुग्नुभएका प्रमुख प्रजापति र प्रमुख भण्डारीबीच आपसी अनुभव आदानप्रदान गर्ने हेतुले भेटघाट भएको हो ।
भेटका क्रममा दुई नगर प्रमुख प्रजापतिबीच अहिलेसम्म गरेका सकारात्मक कार्य, समस्या र चुनौतीको विषयमा अनुभव आदानप्रदान भयो भेटमा आगामी दिनमा दुवै स्थानीय सरकारबीच हुन सक्ने विभिन्न विकास साझेदारीको विषयमा पनि छलफल भएको थियो ।सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको प्रयासहरुबारे अवगत गराउँदै नपाले नगरबासी विद्यार्थीहरुलाई सहुलियत दरमा शैक्षिक ऋण र विभिन्न बिषयहरुमा पीएचडी अध्ययन सम्मको छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताए  । भक्तपुरको मुख्य आम्दानीको स्रोत पर्यटन भएको बताउनुहुँदै विदेशी सहयोगविना नै भक्तपुरले सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका गतिविधि अगाडि बाइरहेको जानकारी  गराए ।
त्यस्तै विरेन्द्रनगर नपाका प्रमुख मोहनमाया भण्डारीले विरेन्द्रनगर नपा दश वर्षे शैक्षिक रणनीति बनाएर अगाडि बढिरहेको बताउँदै उच्च शिक्षामा निजीमा भन्दा सरकारीमा बढ्दो आकर्षण रहेको बताए । उनले भक्तपुर नपाको असल अभ्यासबारे आफू जानकार रहेको बताउदै नगरपालिकाको अवसर र चुनौतीका क्षेत्रबारे जानकारी गराए ।
सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी भएकोले पनि प्रदेशकै शैक्षिक गन्तव्यको केन्द्रको रुपमा रहेको चर्चा गर्दै उनले बिरेन्द्रनगर नपाले पन्ध्र शैय्याको नगर अस्पताल निर्माणाधीन अवस्थामा रहेको र महिला तथा बालबालिकाको क्षेत्रअन्तर्गत प्रसुती सेवा प्रभावकारी रुपमा सञ्चालनमा रहेको पनि बताए  ।
विरेन्द्रनगर नपाको वार्षिक आम्दानी २७ करोडको हाराहारीमा रहेको बताउँदै प्रमुख भण्डारीले नगरपालिकाको सेवा क्षेत्र व्यापक भएको तर संघीय सरकारको अनुदानविना नै नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गर्नु परेकोले काम गर्न असहज भएको बताए । भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ फागुन ५ देखि ९ गते सम्म सञ्चालन हुने अन्तर नगर खेलकुद प्रतियोगिताअन्तर्गत यस वर्ष खोखो खेलको प्रतियोगिता हुने जानकारी गराउँदै भक्तपुरमा हुने उक्त प्रतियोगितामा विरेन्द्रनगर नगरपालिकाको पनि सहभागिताको लागि पत्र हस्तान्तरण गरेको थियो ।
भेटपश्चात नगर प्रमुख प्रजापतिले प्रमुख भण्डारीलाई नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेको थियो भने प्रमुख भण्डारीले पनि प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेको थियो ।
भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रञ्जना त्वाती, नेक्राविसंघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, नेमकिपा सुर्खेत जिल्ला समिचिका सचिव धनेन्द्र बि.क, विरेन्द्रनगर जिल्ला समन्वय प्रमुख, वडा नं. ८ र ९ का वडाध्यक्ष एवम् भक्तपुरमा सरुवा भई आउनुहुने नयाँ प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललगायत उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2023
Website | + posts