कृषि क्षेत्रको अग्रणी बैंक कृषि विकास बैंक हुनुपर्ने: अर्थमन्त्री पौडेल

कृषि क्षेत्रको अग्रणी बैंक कृषि विकास बैंक हुनुपर्ने: अर्थमन्त्री पौडेल : Icon Khabar

काठमाण्डौ, माघ ८ । कृषि विकास बैंकको ५६औँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको अग्रणी बैंक कृषि विकास बैंक हुनुपर्ने बताएका छन् ।

बैंकको ५६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले भने, “पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा लगानी घट्न थालेको छ र अन्य व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको छ, हामी कृषि विकास बैंकलाई कृषि क्षेत्रका अग्रणी बैंक देख्न चाहन्छौँ ।“बैंकको आर्थिक क्षमता र अवस्था हेरेर कर्मचारीको सेवा सुविधाका विषयमा बैंक प्रशासनले उपयुक्त निर्णय लिनुपर्ने अर्थमन्त्रीले स्पष्ट गरे ।” बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पेशागत क्षमता भएकालाई दिइने र बैङ्कलाई प्रतिस्पर्धी बैङ्कका रूपमा अगाडि बढाउन सरकारले सक्दो सहयोग र समन्वय गर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले कृषि क्षेत्रमा लगानीमा ध्यान दिनुपर्ने बताए । कृषि क्षेत्रमा लक्षित लगानी मात्र नभई यस क्षेत्रमा तालिम दिने संस्था रुपमा बैंकले नेतृत्व लिनुपर्ने बताए ।

बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको इजाजतपत्र प्राप्त गरेको थियो जसमा ५१ प्रतिशत शेयर सरकारको र ४९ प्रतिशत सर्वसाधारणको रहेको थियो ।

Published Date: 22 January 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग