कृषि क्षेत्रको अग्रणी बैंक कृषि विकास बैंक हुनुपर्ने: अर्थमन्त्री पौडेल

कृषि क्षेत्रको अग्रणी बैंक कृषि विकास बैंक हुनुपर्ने: अर्थमन्त्री पौडेल : Icon Khabar

काठमाण्डौ, माघ ८ । कृषि विकास बैंकको ५६औँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको अग्रणी बैंक कृषि विकास बैंक हुनुपर्ने बताएका छन् ।

बैंकको ५६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले भने, “पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा लगानी घट्न थालेको छ र अन्य व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको छ, हामी कृषि विकास बैंकलाई कृषि क्षेत्रका अग्रणी बैंक देख्न चाहन्छौँ ।“बैंकको आर्थिक क्षमता र अवस्था हेरेर कर्मचारीको सेवा सुविधाका विषयमा बैंक प्रशासनले उपयुक्त निर्णय लिनुपर्ने अर्थमन्त्रीले स्पष्ट गरे ।” बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पेशागत क्षमता भएकालाई दिइने र बैङ्कलाई प्रतिस्पर्धी बैङ्कका रूपमा अगाडि बढाउन सरकारले सक्दो सहयोग र समन्वय गर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले कृषि क्षेत्रमा लगानीमा ध्यान दिनुपर्ने बताए । कृषि क्षेत्रमा लक्षित लगानी मात्र नभई यस क्षेत्रमा तालिम दिने संस्था रुपमा बैंकले नेतृत्व लिनुपर्ने बताए ।

बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको इजाजतपत्र प्राप्त गरेको थियो जसमा ५१ प्रतिशत शेयर सरकारको र ४९ प्रतिशत सर्वसाधारणको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2023
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)