शीतलहर र बाक्लो हुस्सुका कारण नेपालगंजमा हवाई उडान प्रभावित

शीतलहर र बाक्लो हुस्सुका कारण नेपालगंजमा हवाई उडान प्रभावित : Icon Khabar

नेपालगंज, माघ १४ । नेपालगंज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण पनि भिजिविलिटी नहुँदा हवाई उडान प्रभावित भएको हो । प्रतिकूल मौसमका कारण उडान र अवतरण दुवै प्रभावित भएका छन् ।

शनिवार नेपालगंजमा कुनै पनि उडान हुन सकेन । विमानस्थल प्रमुख सुरेश खनालले बाक्लो हुस्सुका कारण नियमित उडानमा कठिनाइ भइरहेको बताए। प्रतिकूल मौसमका कारण माउन्टेन फ्लाइट समेत भएका छैनन् ।

नेपालगंज विमानस्थलबाट पहाडी जिल्ला हुम्ला, मुगु र बाजुरामा जाने समिट र तारा एयरलाइन्सको दुई, यति एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको ६ वटा उडान नभएको खनालले बताए । श्री एयरलाइन्सको माउन्टेन फ्लाइट पनि भएको छैन ।

आज पनि बाक्लो हुस्सु र शीतलहर चलेको कारण उडान प्रभावित हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2024
Website | + posts




ताजा
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने