बिहीबार निर्वाचित राष्ट्रिय सभा सदस्यहरु (सूची सहित)

बिहीबार निर्वाचित राष्ट्रिय सभा सदस्यहरु (सूची सहित) : Icon Khabar

काठमाडौं, माघ १२ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीवार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र विपक्षी एमालेका एक जना निर्वाचित भएका छन् ।

रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपांग वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टर’सँग सम्बन्धितलाई दलहरुले उम्मेदवार बनाएका थिए ।

निर्वाचनमा आठ वटा दलबाट ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । एक जना सदस्य राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । सदस्यको पदावधि तालिकाअनुसार हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गरेको छ । बिहीवारको निर्वाचनबाट राष्ट्रिय सभा सदस्य बनेकाहरु यी हुन्:

कोशी
निर्वाचित दल क्लस्टर
१ रुक्मिणी कोइराला, एमाले, महिला
२ कृष्ण सिटौला, कांग्रेस, अन्य

मधेश

३ पूजा चौधरी, जसपा, महिला
४ आनन्द ढुंगाना, कांग्रेस, अन्य

बागमती

५ विष्णुदेवी पुडासैनी, कांग्रेस, महिला
६ घनश्याम रिजाल, एकीकृत समाजवादी, दलित
७ जीतजंग बस्नेत, कांग्रेस, अन्य
८ श्रीकृष्ण अधिकारी, माओवादी, अपांगता

गण्डकी

९ मनरुपा शर्मा, माओवादी, महिला
१० किरणबाबु श्रेष्ठ, कांग्रेस, अन्य
११ पदमबहादुर परियार, कांग्रेस, अपांगता

लुम्बिनी

१२ विष्णुकुमारी सापकोटा, कांग्रेस, महिला
१३ झक्कुप्रसाद सुवेदी, माओवादी, अन्य

कर्णाली

१४ सावित्री मल्ल, एकीकृत समाजवादी, महिला
१५ कृष्णबहादुर रोकाया, कांग्रेस, अन्य
१६ विष्णु विक, माओवादी, दलित

सुदूरपश्चिम

१७ रेनु चन्द, माओवादी, महिला
१८ नारायणदत्त भट्ट, कांग्रेस, अपांगता
१९ बलदेव बोहरा, कांग्रेस, अन्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2024
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता