आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ १२ । आज २०८० माघ १२ गते शुक्रबार, तद्अनुसार २६ जनवरी २०२४ । आज माघ कृष्ण प्रतिपदा, नक्षत्र–पुष्प, करण– बालव, योग– प्रीति, चन्द्र राशिः कर्कट, आज अन्तर्राष्ट्रिय भन्सार दिवस, सूर्योदय बिहान ६ः५३ बजे, सूर्यास्त साँझ १७ः३९ बजे ।

आजको राशिफल

मेष: मनको चञ्चलतामा नियन्त्रण राख्नु होला । जीवनसाथीसंग आपसी तालमेल रहने छ । सुख–शान्ति कायम रहने छ ।

वृष: ठूलो लाभ हुने सम्भावना छ । प्रतिद्वन्दिता रहने छ । पार्टनरहरुको सहयोग समयमै पाउँदा प्रसन्नता रहने छ ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । बौद्धिक कार्य सफल रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

कर्कट: कार्यमा रुकावट आउने छ । व्यवसायबाट सन्तुष्टि हुने छैन । हतार नगर्नु होला ।

सिंह: प्रयास सफल रहनेछन् । कुनै ठूलो कार्यको समस्याहरु समाधान हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

कन्या: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ ।

तुला: उत्तेजनामा नियन्त्रण राख्नु होला । जीवनसाथीबाट सहयोग पाइने छ । अप्रत्याशित लाभको योग छ ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । थकान महसूस हुनेछ । अपेक्षित कार्यहरुमा वाधा आउने छ ।

धनु: अज्ञात भय तथा चिन्ता रहने छ । यात्रा सफल रहने छ । धनार्जन हुनेछ ।

मकर: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । प्रतिष्ठा वृद्धि हुनेछ ।

कुम्भ: पूजा–पाठ तथा सत्संगमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नताको वातावरण रहने छ ।

मीन: क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु होला । विवादलाई नबढाउनु होला । साथीहरु तथा आफन्तहरुको सहयोग पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2024
Website | + posts