लोकेश्वर साकोसमा धां बाजा प्रशिक्षण शुभारम्भ, प्रशिक्षण दुई महिनासम्म संचालन हुने

लोकेश्वर साकोसमा धां बाजा प्रशिक्षण शुभारम्भ, प्रशिक्षण दुई महिनासम्म संचालन हुने : Icon Khabar

भक्तपुर, माघ ९ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप–समितिको आयोजनामा धां बाजा प्रशिक्षण शुभारम्भ भएको छ ।

संस्थाको १९औं स्थापना दिवसको अवसरमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तिय कारोबार मात्र नभइ सदस्य केन्द्रीत विभिन्न तालिम, प्रशिक्षण कार्यक्रम सहकारी भ्रमणहरु गर्नुपर्ने तथा यस संस्थाले विगतका दिनहरु देखि नै सदस्यहरुको व्यक्तित्व विकास हुने विभिन्न शिपमूलक तालिमहरु संचालन गर्दै आएको कुरा बताए।

उनले सदस्यहरुले यस्ता प्रशिक्षण तथा तालिम लिइ सकेपछि आफुमा मात्र सिमित नराखि दैनिक जिवनमा सदुपयोग गरी निरन्तर रुपमा पछि सम्म गर्दै लैजानु पर्ने बताए।

संस्थाका संचालक सदस्य एवं सांस्कृतिक उप–समितिका संयोजक कमलश्वरी खर्वुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा धां बाजाका प्रशिक्षक सुरेश बोयजु, उपसमितिका सदस्य एल.के सुन्दर र दिलप्रसाद सुवालले पनि बोलेका थिए । दुई महिना सम्म संचालन हुने धां बाजा प्रशिक्षणमा जम्मा २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेका छन् ।

Published Date: 23 January 2024
ताजा
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढ्यो
मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता