लोकेश्वर साकोसमा धां बाजा प्रशिक्षण शुभारम्भ, प्रशिक्षण दुई महिनासम्म संचालन हुने

लोकेश्वर साकोसमा धां बाजा प्रशिक्षण शुभारम्भ, प्रशिक्षण दुई महिनासम्म संचालन हुने : Icon Khabar

भक्तपुर, माघ ९ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप–समितिको आयोजनामा धां बाजा प्रशिक्षण शुभारम्भ भएको छ ।

संस्थाको १९औं स्थापना दिवसको अवसरमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तिय कारोबार मात्र नभइ सदस्य केन्द्रीत विभिन्न तालिम, प्रशिक्षण कार्यक्रम सहकारी भ्रमणहरु गर्नुपर्ने तथा यस संस्थाले विगतका दिनहरु देखि नै सदस्यहरुको व्यक्तित्व विकास हुने विभिन्न शिपमूलक तालिमहरु संचालन गर्दै आएको कुरा बताए।

उनले सदस्यहरुले यस्ता प्रशिक्षण तथा तालिम लिइ सकेपछि आफुमा मात्र सिमित नराखि दैनिक जिवनमा सदुपयोग गरी निरन्तर रुपमा पछि सम्म गर्दै लैजानु पर्ने बताए।

संस्थाका संचालक सदस्य एवं सांस्कृतिक उप–समितिका संयोजक कमलश्वरी खर्वुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा धां बाजाका प्रशिक्षक सुरेश बोयजु, उपसमितिका सदस्य एल.के सुन्दर र दिलप्रसाद सुवालले पनि बोलेका थिए । दुई महिना सम्म संचालन हुने धां बाजा प्रशिक्षणमा जम्मा २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 23 January 2024
Website | + posts