करिब ५० किलो गाँजासहित दुई जना पक्राउ

करिब ५० किलो गाँजासहित दुई जना पक्राउ : Icon Khabar

मकवानपुर, माघ ८ । थाहा नगरपालिका-८ दामगडेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो करिब ५० किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रसुवा पार्वतीकुण्ड गाउँपालिका-५ घर भई मकवानपुर थाहा नगरपालिका-९ नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र मकवानपुर थाहा नगरपालिका-३ दमकी घर भई सोही नगरपालिका-६ बज्रबाराही बस्ने ३२ वर्षीय रण बहादुर थिङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले गल्छीबाट पालुङतर्फ जाँदै गरेको बा.१५ च ३९२९ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा २ वटा बोरामा राखेको उक्त गाँजा फेला पारी चालक प्रभात र गाडीमा सवार रण बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2024
Website | + posts




ताजा
पोखराबाट देखिएको मनमोहक माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ( फोटो फिचर )
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )