प्रिमियर लिगमा लिभरपुललद्वारा एएफसी बर्नमाउथ ४-० ले पराजित

प्रिमियर लिगमा लिभरपुललद्वारा एएफसी बर्नमाउथ ४-० ले पराजित : Icon Khabar

काठमाडौं, माघ ८ । डार्विन नुनेज र डिएगो जोटले दुई दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा एएफसी बर्नमाउथलाई ४-० ले पराजित गरेको छ ।

लिभरपुलले चारै गोल दोस्रो हाफमा गरेको थियो । नुनेजले ४४औं र खेलको इन्जुरी टाइममा गोल गरेका थिए । यस्तै जोटाले ७०औं र ७९औं मिनेटमा गोल गरेका थिए ।

फरवार्ड मोहमद सालाह अफ्रिकन कप खेल्न गएपछि लिरभपुलले उनको अभाव महसुस गर्न परेको छैन । यद्यपि अफ्रिकन कप दौरान घाइते भएका सालाह भने उपचारका लागि लिभरपल नै फर्कने भएका छन् ।

जितपछि शीर्ष स्थानको लिभरपुलले म्यानचेष्टर सिटी, आर्सनल र एस्टन भिल्लामाथि पाँच अंकको अग्रता बनाएको छ । २१ खेलबाट लिभरपुलले ४८ अंक जोडेको छ ।

सिटीको २० खेलबाट तथा आर्सनल र एस्टन भिल्लाको २१ खेलबाट समान ४३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित