प्रधानमन्त्री दाहालले गरे राष्ट्रिय सोनाम ल्होछार समारोहको उद्घाटन

प्रधानमन्त्री दाहालले गरे राष्ट्रिय सोनाम ल्होछार समारोहको उद्घाटन : Icon Khabar
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह उद्घाटन गरे । आइतबार दिउँसो कार्यक्रमस्थल टुँडिखेलमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सोनाम ल्होछार समारोहको उद्घाटन गरेका हुन्।

तामाङ लगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए।

नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको सङ्गमस्थल भएको भन्दै उनले नेपालमा एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2023
Website | + posts