प्रधानमन्त्री दाहालले गरे राष्ट्रिय सोनाम ल्होछार समारोहको उद्घाटन

प्रधानमन्त्री दाहालले गरे राष्ट्रिय सोनाम ल्होछार समारोहको उद्घाटन : Icon Khabar
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह उद्घाटन गरे । आइतबार दिउँसो कार्यक्रमस्थल टुँडिखेलमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सोनाम ल्होछार समारोहको उद्घाटन गरेका हुन्।

तामाङ लगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए।

नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको सङ्गमस्थल भएको भन्दै उनले नेपालमा एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए।

Published Date: 22 January 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग