प्रधानमन्त्री दाहाल र डा. सन्दुक रुइत बीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र डा. सन्दुक रुइत बीच भेटवार्ता : Icon Khabar

काठमाण्डौ, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र तिल गंगा आखा केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइत बीच भेटवार्ता भएको छ ।

शनिबार डा. रुइतले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्ने चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । “मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ र यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।” – उनले भने

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो अवार्डले देशकै सम्मान बढाएको बताए । नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ र मानवीय सेवाका लागि तपाईको योगदानको कदर देशकै कदर हो भन्दै प्रधानमन्त्री प्रचण्डले आँखा उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका हुन् ।  डा.रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतिबिन्दु उपचारका लागि नेपालमै औषधि उत्पादन गर्न सकिने सम्भावना रहेको बताए ।

Published Date: 22 January 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग