प्रधानमन्त्री दाहाल र डा. सन्दुक रुइत बीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र डा. सन्दुक रुइत बीच भेटवार्ता : Icon Khabar

काठमाण्डौ, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र तिल गंगा आखा केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइत बीच भेटवार्ता भएको छ ।

शनिबार डा. रुइतले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्ने चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । “मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ र यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।” – उनले भने

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो अवार्डले देशकै सम्मान बढाएको बताए । नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ र मानवीय सेवाका लागि तपाईको योगदानको कदर देशकै कदर हो भन्दै प्रधानमन्त्री प्रचण्डले आँखा उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका हुन् ।  डा.रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतिबिन्दु उपचारका लागि नेपालमै औषधि उत्पादन गर्न सकिने सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 January 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट