बागलुङमा दुर्गा प्रसाईंमाथि ‘मुक्का प्रहार’, एक जना पक्राउ

बागलुङमा दुर्गा प्रसाईंमाथि ‘मुक्का प्रहार’, एक जना पक्राउ : Icon Khabar

बागलुङ , माघ ४  । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा उनीमाथि मुक्का प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गौतमले बागलुङ–२ स्थित धौलागिरि चोकमा जुत्ता पसल गर्दै आएका छन् । गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने