प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : एपीएफमाथि मधेस प्रदेश ५ विकेटले विजयी

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : एपीएफमाथि मधेस प्रदेश ५ विकेटले विजयी : Icon Khabar

काठमाडौं, माघ ४ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विभागीय क्लब एपीएफलाई ५ विकेटले पराजित गरेको छ ।

जारी प्रधानमन्त्री कप अन्तर्गत विहिबार टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २४७ रनको लक्ष्य पछाएको मधेस प्रदेशले ४८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

मधेस प्रदेशको जितमा रुपेश सिंहले सर्बाधि ७२ रन बनाए भने पवन सराफले ६४ तथा निरज यादवले ५२ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाउदै २४६ रन बनाएको थियो ।

एपीएफका लागि आसिफ सेखले ५९ र कप्तान रोहित पौडेलले ५८ रन बनाएका थिए । त्यस्तै अमर राउटेलाले अविजित ४९ रन बनाएका थिए । त्यसैगरी मधेशका बलर रुपेश सिंह र प्रदिप पासवानले ३-३ विकेट लिएका थिए ।

जारी पीएम कपमा मधेशको चौथो खेलमा दोस्रो जित हो । यो जितपछि मधेस प्रदेश अंक तालिकामा सातौ स्थानमा रहेको छ । त्यस्तै एपीएफले भने आफ्नो तेस्रो खेलमा पहिलो हार बेहोरेको छ । एपीएफको ३ खेलमा ४ अंक छ र अंकतालिकामा चौथो स्थानमा झरेको छ ।

अब एपीएफले अर्को खेल आगामी सोमबार भैरहवामा नेपाल पुलिस क्लबसँग खेल्ने छ भने मधेश प्रदेशले शनिबार टियु मैदानमा कर्णाली प्रदेशको सामना गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2024
Website | + posts




ताजा
निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छनः गृहमन्त्री
सिंहदरबारमा मन्त्रीपरिषदको बैठक जारी
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो
जेनजी आन्दोलनको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित