विजय र रश्मिका : अहिले लिभिङमा, विवाह अनिश्चित

विजय र रश्मिका : अहिले लिभिङमा, विवाह अनिश्चित : Icon Khabar

मुम्बई, माघ ४ । अभिनेता विजय देवरकोण्डा र अभिनेत्री रश्मिका मन्दाना दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार हुन् । दुवैजना लामो समयदेखि डेटमा छन् । उनीहरुको भ्याकेसनको तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन्छन् । यो जोडीले चाँडै नै इन्गेजमेन्ट गर्ने चर्चा पनि थियो ।

उनीहरुले यही फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने कुरा पनि छ । तर दुवैले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । समाचारअनुसार विजय र रश्मिका हाल लिभइन रिलेसनमा छन् । उनीहरु आफ्नो सम्बन्धमा खुशी छन् । दुवै जनाले फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने भनिए पनि कार्यव्यस्तता र आफ्नो करियरमा ध्यान दिनुपर्ने भएकाले अहिले इन्गेजमेन्टलाई केही पर सारेका छन् । दुवैले ‘गीता गोविन्दम’ र ‘डियर कामरेड’ मा काम गरेका छन् । उनीहरुको अनस्क्रिन क्यामेष्ट्रीलाई दर्शकले निकै मनपराएका छन् ।

कामको कुरा गर्दा रश्मिका पछिल्लो पटक ब्लकबस्टर फिल्म ‘एनिमल’ मा देखिएकी थिइन् । उनले फिल्ममा रणवीर कपूरको अपोजिटमा अभिनय गरेकी थिइन् । फिल्मले विश्वव्यापी रुपमा नौ सय करोडको कमाई गरिसकेको छ । उनी हाल अल्लू अर्जुनका साथ फिल्म ‘पुष्पा : द रुल’ को सुटिङमा व्यस्त छिन् । यसका अलावा उनको हातमा ‘रेनबो’, ‘द गलफ्रेण्ड’ जस्ता फिल्म छन् । विजय ‘फेमिली स्टार’ र ‘भीडी १२ मा देखिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित