रेखा थापाको नयाँ फिल्म ‘उपहार’ को चार नयाँ फस्टलुक पोस्टर सार्वजनिक

रेखा थापाको नयाँ फिल्म ‘उपहार’ को चार नयाँ फस्टलुक पोस्टर सार्वजनिक : Icon Khabar

काठमाडौं, माघ २ । रेखा थापाको नयाँ फिल्म ‘उपहार’ को चार नयाँ फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मका चार वटा फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।

निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोष्टरहरु मध्ये एक पोस्टरमा अभिनेत्री रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ । चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको उक्त पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ । पोस्टरमा अभिनेता मुकुन भुषाल ह्वील चेयरमा बसेका छन् । उनलाई रेखाले दुई हातले समातेर माया गरेको देख्न सकिन्छ ।

फस्टलुक पोष्टरको पृष्ठभूमिमा हवाईजहाज र चराहरु पनि छन् । अभिनेत्री पुजा खुशी देखिएकी छन् भने बेनिशाले केही भन्न खोजेको देखाइएको छ ।

दोस्रो पोस्टरमा अभिनेता तेज गिरी र अभिनेत्री बेनिशालाई बेहुला-बेहुली लुक्समा देखाइएको छ । जहाँ मुकुन र रेखा तथा समर्पण जंग कार्की र पुजा शर्मालाई पनि अँटाइएको छ । यो पोस्टर रोमान्टिक भाव लक्षित छ ।

तेस्रो पोस्टर उपहार शैलीमा निर्माण गरिएको छ । यो पोस्टरमा रिबन बाँधिएको छ, जहाँ मुकुन भुषाल, रेखा थापा, पुजा शर्मा र बेनिशा हमाललाई खुशी भावमा देखाइएको छ ।

चौथो पोस्टरमा अभिनेता मुकुनलाई ह्वील चेयरमा देखाइँदा रेखा कालो चस्मामा आकर्षक देखिएकी छन् । यो पोस्टरमा फिल्मको गीत ‘मुटुको चार आना’ मा अभिनय गरेका पुरुष कलाकारहरु निर्मल शर्मा, शिशिर राणा, राजाराम पौडेल र किरण केसी फिचर्ड छन् । त्यस्तै अभिनेत्री पुजालाई हाँसेको र बेनिशालाई मुस्कुराएको भावमा देखाइएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा प्रस्तुतकर्ता छिन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।

निर्माण पक्षले यसअघि फिल्मका दुई गीत ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ बोलका गीत सार्वजनिक गरिसकेका छन् ।

यो फिल्ममा रेखा थापा, मुकुन भुषाल, पुजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन र आशा भुषालको अभिनय छ ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 January 2024
Website | + posts


ताजा
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
नागढुंगा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग