राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकालाई 

राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकालाई  : Icon Khabar

भक्तपुर, पुस २९ । यो वर्षको भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले जितेको छ ।

१२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मासबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी जितेको हो। भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको हो भने १९ स्वर्णले मध्यपुर नपा दोस्रो, ९ स्वर्णले सुर्यबिनायक नपा तेस्रो र ७ स्वर्णले चागुनारायण नपा चौथो भएको भक्तपुर जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन् ।

१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व उद्योगमन्त्री महेश बस्नेतले विजेता नगरपालिकाहरु र खेलाडिहरुलाई शिल्ड प्रदान गरेका थिए।

साथै विशेष अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, नेपाल भलिबल सघका केन्द्रीय उपाध्यक्ष गौतम प्रसाद लाशीवा, नेशनल प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्का, प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ, भक्तपुर भलिबल सघका अध्यक्ष विनोद चरण राय, नेपाल तेक्वान्डो संघका जिल्ला अध्यक्ष श्याम तजले, भक्तपुर एथलेटिक्स सङ्घका अध्यक्ष आशाराम गोथे लगायत विभिन्न विशिष्ट अतिथिहरुको उपस्थितिमा विजय खेलाडी भाइबहिनीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

Published Date: 14 January 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय