मुगुमा सामुहिक बलात्कारबाट १४ वर्षीया बालिका गर्भवती

मुगुमा सामुहिक बलात्कारबाट १४ वर्षीया बालिका गर्भवती : Icon Khabar

मुगु, पुस २९ । मुगुमा एक १४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ । सामुहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चामा समेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) बीरेन्द्रबहादुर थापाले बताए ।

गत भदौमा भएको बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ । बालिकाको गर्भमा भ्रुण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको हो । बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय छाँयानाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका वर्ष २२ का बसन्त रोकायालगायत अन्य केही १४ वर्षका बालकविरुद्ध जाहेरी परेको छ ।

१४ वर्षका बालकहरुले गत १६ भदौमा आफूमाथि बलात्कार गरेको र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक थापाले भने, ‘१४ वर्षका किशोरहरुले गएको भदौ १६ गते बेलुका आफ्नो कोठामा भेट्न बोलाएपछि म सोही दिन बेलुका अन्दाजी ९ बजेको समयमा निजहरुको गमगढीस्थित कोठामा निजलाई भेट्न भनी गएको अवस्थामा ६ जनाले आफूलाई जवरजस्ती सामुहिक बलात्कार गरेका हुन् ।’

बलात्कारपछि पेट दुख्ने जस्ता समस्याहरु भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् । नगर प्रहरीसहितले गरेको सामुहिक बलात्कारबारे पीडित युवतीले प्रहरीले बयान दिएकी छन्, ‘असोज १० गते राति अन्दाजी ९ बजेको समयमा नगर प्रहरी बसन्तबहादुर कार्कीले आफू बस्ने डेरा बाहिर आई मलाई एकछिन काम छ बाहिर आऊ त नानी भन्दै मेरो हात समाई आफूसँगै हिँड भनी कृषि विकास कार्यालयको भवनको एक कोठामा मलाई लिई उक्त कोठामा पुग्नासाथ निज नगर प्रहरी बसन्त कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई विभिन्न खालका प्रलोभन, डर त्रास देखाई पालैपालो बलात्कार गरेका हुन् ।’

सो घटनामा संलग्न रहेको आरोप लागेका तीन बालक तथा नगर प्रहरी बसन्त कार्की र बसन्त रोकाया पक्राउ परेका छन् भने बाँकी आरोपीहरु फरार रहेका प्रहरीले जनाएको छ । फरार रहेकाहरु खोजी भइरहेको र उनीहरुविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 January 2024
Website | + posts