सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिकाको विवाहको दुई वर्षमै सम्बन्द विच्छेद हुन लागेको हो ?

सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिकाको विवाहको दुई वर्षमै सम्बन्द विच्छेद हुन लागेको हो ? : Icon Khabar

मुम्बई, पुस २९ । अभिनेत्री अंकिता लोखण्डे तथा विक्की जैनको वैवाहिक जीवन खतरामा परेको छ । अंकिताले श्रीमान् विक्कीसंग सम्बन्ध विच्छेद गर्ने कुरा गरेकी छिन् ।

यस बारेमा विक्कीकी आमा रञ्जना जैनले प्रतिक्रिया दिएकी छिन् । उनले दुबै अलग हुने बारेको चर्चाको वास्तविकता उजागर गरेकी छिन् ।

विक्कीकी आमा भन्छिन् – ‘अहिले सबैले यी दुबैबीच के भइरहेको छ भनेर सोध्छन् । कार्यक्रमले कसरी काम गर्छ भन्ने कुरा सम्झाउन मलाई गाह्रो भइरहेको छ ।’

‘तर पनि हामी शान्त छौँ, किनभने यी सबै कुरा अस्थायी हुन् भन्ने कुरा हामीलाई थाहा छ । उनीहरु दुबै फिर्ता आएपछि एक हुन्छन् र पुनः उनीहरुको सम्बन्ध बलियो हुनेछ । यी सबै कुरा झूटा हुन् । बिग बोस नवविवाहित जोडिको लागि होइन । मैले १७ वर्षदेखि यो कार्यक्रम हेर्दै आइरहेकी छु । कार्यक्रममा अत्यधिक झगडा हुन्छ । तर यी दुबै पनि आपसमा झगडा गर्छन् भन्ने थाहा थिएन । यो नवविवाहित जोडिका लागि नराम्रो ठाउँ हो र निर्णय पनि ।’

बिग बोसमा अंकिता र विक्कीको अत्यधिक झगडा भइरहेको छ । दुबै जना एक–अर्कासंग आक्रोशित भएको देखिन्छ । केहि समय अगाडि अंकिताले विक्कीलाई ‘म तिमीसंग बस्दिन, मसंग सम्बन्ध विच्छेद गर । ४० वर्षकी मात्र भएँ, पुनः जीवन शुरु गर्न सक्छु’ भनेकी थिइन् ।

अंकिता र विक्की २०२१ को डिसेम्बर १४ का दिन वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

अंकिता बलिउडका दिवंगत अभिनेता सुशान्त राजपूतकी प्रेमिकाको रुपमा समेत परिचित छिन् ।

Published Date: 14 January 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता