सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिकाको विवाहको दुई वर्षमै सम्बन्द विच्छेद हुन लागेको हो ?

सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिकाको विवाहको दुई वर्षमै सम्बन्द विच्छेद हुन लागेको हो ? : Icon Khabar

मुम्बई, पुस २९ । अभिनेत्री अंकिता लोखण्डे तथा विक्की जैनको वैवाहिक जीवन खतरामा परेको छ । अंकिताले श्रीमान् विक्कीसंग सम्बन्ध विच्छेद गर्ने कुरा गरेकी छिन् ।

यस बारेमा विक्कीकी आमा रञ्जना जैनले प्रतिक्रिया दिएकी छिन् । उनले दुबै अलग हुने बारेको चर्चाको वास्तविकता उजागर गरेकी छिन् ।

विक्कीकी आमा भन्छिन् – ‘अहिले सबैले यी दुबैबीच के भइरहेको छ भनेर सोध्छन् । कार्यक्रमले कसरी काम गर्छ भन्ने कुरा सम्झाउन मलाई गाह्रो भइरहेको छ ।’

‘तर पनि हामी शान्त छौँ, किनभने यी सबै कुरा अस्थायी हुन् भन्ने कुरा हामीलाई थाहा छ । उनीहरु दुबै फिर्ता आएपछि एक हुन्छन् र पुनः उनीहरुको सम्बन्ध बलियो हुनेछ । यी सबै कुरा झूटा हुन् । बिग बोस नवविवाहित जोडिको लागि होइन । मैले १७ वर्षदेखि यो कार्यक्रम हेर्दै आइरहेकी छु । कार्यक्रममा अत्यधिक झगडा हुन्छ । तर यी दुबै पनि आपसमा झगडा गर्छन् भन्ने थाहा थिएन । यो नवविवाहित जोडिका लागि नराम्रो ठाउँ हो र निर्णय पनि ।’

बिग बोसमा अंकिता र विक्कीको अत्यधिक झगडा भइरहेको छ । दुबै जना एक–अर्कासंग आक्रोशित भएको देखिन्छ । केहि समय अगाडि अंकिताले विक्कीलाई ‘म तिमीसंग बस्दिन, मसंग सम्बन्ध विच्छेद गर । ४० वर्षकी मात्र भएँ, पुनः जीवन शुरु गर्न सक्छु’ भनेकी थिइन् ।

अंकिता र विक्की २०२१ को डिसेम्बर १४ का दिन वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

अंकिता बलिउडका दिवंगत अभिनेता सुशान्त राजपूतकी प्रेमिकाको रुपमा समेत परिचित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 January 2024
Website | + posts