अक्सफोर्ड विन्टर क्याम्प २०८० यहि माघ २ गतेबाट सुरू हुँदै

अक्सफोर्ड विन्टर क्याम्प २०८० यहि माघ २ गतेबाट सुरू हुँदै : Icon Khabar

भक्तपुर, पुस २९ । अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारी, भक्तपुरको आयोजनामा अक्सफोर्ड विन्टर क्याम्प २०८० हुने भएको छ।

यहि २०८० माघ २, ३ र ४ गते उक्त विन्टर क्याम्प हुन लागेको हो। सो विन्टर क्याम्पमा विधार्थीहरुले विभिन्न क्रियाकलाप गर्ने जनाइएको छ। गीत संगीत, चित्रकला, फेस पेण्टिङ्ग, रक क्लाइम्बिङ्ग, हाइकिङ्ग, क्याम्प फायर, विभिन्न खेलकुद, योग लगायतका क्रियाकलापहरु उक्त क्याम्पमा सहभागी विद्यार्थीहरुले गर्नेछन्।

साथै जुम्बा, विभिन्न स्वादिष्ट परिकारहरु बनाउने पाककला एवं व्यक्तित्व विकास, जीवन उपयोगी विभिन्न सीप पनि सो क्याम्पबाट विद्यार्थीहरुले सिक्ने कुरा स्कूलका प्रिन्सिपल रवि दुवालले आइकन खबरलाई जानकारी दिए। सो विन्टर क्याम्प स्कूल प्राङ्गण भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमै हुने जनाएको छ ।

Published Date: 14 January 2024




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक