अक्सफोर्ड विन्टर क्याम्प २०८० यहि माघ २ गतेबाट सुरू हुँदै

अक्सफोर्ड विन्टर क्याम्प २०८० यहि माघ २ गतेबाट सुरू हुँदै : Icon Khabar

भक्तपुर, पुस २९ । अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारी, भक्तपुरको आयोजनामा अक्सफोर्ड विन्टर क्याम्प २०८० हुने भएको छ।

यहि २०८० माघ २, ३ र ४ गते उक्त विन्टर क्याम्प हुन लागेको हो। सो विन्टर क्याम्पमा विधार्थीहरुले विभिन्न क्रियाकलाप गर्ने जनाइएको छ। गीत संगीत, चित्रकला, फेस पेण्टिङ्ग, रक क्लाइम्बिङ्ग, हाइकिङ्ग, क्याम्प फायर, विभिन्न खेलकुद, योग लगायतका क्रियाकलापहरु उक्त क्याम्पमा सहभागी विद्यार्थीहरुले गर्नेछन्।

साथै जुम्बा, विभिन्न स्वादिष्ट परिकारहरु बनाउने पाककला एवं व्यक्तित्व विकास, जीवन उपयोगी विभिन्न सीप पनि सो क्याम्पबाट विद्यार्थीहरुले सिक्ने कुरा स्कूलका प्रिन्सिपल रवि दुवालले आइकन खबरलाई जानकारी दिए। सो विन्टर क्याम्प स्कूल प्राङ्गण भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमै हुने जनाएको छ ।

Published Date: 14 January 2024
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय