बहुउपयोगी बेसार: रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै पेटमा रहेको जुका समेत मार्न मद्दत गर्छ

बहुउपयोगी बेसार: रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै पेटमा रहेको जुका समेत मार्न मद्दत गर्छ : Icon Khabar

काठमाडौँ, पुस २६ । बेसारका धेरै फाइदा छन्। बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै पेटमा रहेको जुका समेत मार्न मद्दत गर्छ। पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खानुस्, स्वादका लागि नुन पनि मिसाउन सक्नुहुन्छ, यसले जुका मार्न मद्दत गर्छ।

सौन्दर्यका लागि पनि बेसार फाइदाजनक छ।

– अनुहारको दाग हटाउन बेसार र कालो तिललाई बराबर मात्रामा मिसाएर पिस्नुहोस् र पेष्ट बनाएर लगाउनुहोस्। बेसार र दुधको पेष्ट लगाउनाले पनि छालाको रंगमा निखारता आउछ।

– खोकी लागेको छ भने बेसारको सानो टुक्रा मुखमा राखेर चुस्नुहोस्, यसले आराम दिन्छ। यस्तै, छालाको अनावश्यक रौं हटाउन बेसार र नरिवलको तेल मिलाएर पेस्ट बनाएर लगाउनुस्, यसबाट छाला नरम हुन्छ भने शरिरको अनावश्यक रौं बिस्तारै हट्दै जान्छ।

– घामले डढेर छाला कालो भएको छ भने बेसारको धुलो, बदामको धुलो र दही मिसाएर लगाउने हो भने छालामा निखारता आउछ, यसले एक प्रकारको सनस्क्रीन लोशनको काम गर्छ। मुखको छालामा घाउ भएकालाई पनि बेसार पानीले कुल्ला गर्नाले फाइदा हुन्छ।

Published Date: 11 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग