कस्तो रहला आज देशभरको मौसम?

कस्तो रहला आज देशभरको मौसम? : Icon Khabar

काठमाडौँ, पुस २३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपात हुनुका साथै देशका तराई भू-भागका केही स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जान सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

Published Date: 08 January 2024






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न