एफए कपमा लिभरपुलसँग आर्सनलको हार

एफए कपमा लिभरपुलसँग आर्सनलको हार : Icon Khabar

काठमाडौँ, पुस २३ । बलियो प्रतिद्वन्द्वी आर्सनललाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा आइतबार भएको खेलमा लिभरपुलले २-० को जित निकाल्यो ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको जितमा लुइस डियाजले एक गोल गरे । अर्को आत्मघाती गोल उपहार रहेको थियो ।

खेलमा पहिलो गोलको लागि ८०औं मिनेटसम्म पर्खिनु परेको थियो । ट्रेन्ट अलेक्जेंडर-आर्नोल्डको फ्रिकिकमा गरेको क्रस क्लियर गर्न खोज्दा आर्सनलका डिफेन्डर जाकुब किविवरले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए ।

अर्को गोल भने इन्ज्युरी समयको पाँचौं मिनेटमा भएको थियो । डिएगो जोटाको पासमा डियाजले सुन्दर फिनिस गर्दै जित निश्चित गरेका थिए ।

आर्सनलले खेलमा १८ सट प्रहार गरेपनि गोलको खाता खोल्न सकेन । पछिल्ला ७ खेलमा १ मात्र जित निकालेको आर्सनलको यो लगातार तेस्रो हार हो ।

Published Date: 08 January 2024


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु