एफए कपमा लिभरपुलसँग आर्सनलको हार

एफए कपमा लिभरपुलसँग आर्सनलको हार : Icon Khabar

काठमाडौँ, पुस २३ । बलियो प्रतिद्वन्द्वी आर्सनललाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा आइतबार भएको खेलमा लिभरपुलले २-० को जित निकाल्यो ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको जितमा लुइस डियाजले एक गोल गरे । अर्को आत्मघाती गोल उपहार रहेको थियो ।

खेलमा पहिलो गोलको लागि ८०औं मिनेटसम्म पर्खिनु परेको थियो । ट्रेन्ट अलेक्जेंडर-आर्नोल्डको फ्रिकिकमा गरेको क्रस क्लियर गर्न खोज्दा आर्सनलका डिफेन्डर जाकुब किविवरले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए ।

अर्को गोल भने इन्ज्युरी समयको पाँचौं मिनेटमा भएको थियो । डिएगो जोटाको पासमा डियाजले सुन्दर फिनिस गर्दै जित निश्चित गरेका थिए ।

आर्सनलले खेलमा १८ सट प्रहार गरेपनि गोलको खाता खोल्न सकेन । पछिल्ला ७ खेलमा १ मात्र जित निकालेको आर्सनलको यो लगातार तेस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 January 2024
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने