जाजगरकोट भूकम्पबाट पीडितहरुको अवस्थाबारे स्पष्ट हुनुपर्ने

जाजगरकोट भूकम्पबाट पीडितहरुको अवस्थाबारे स्पष्ट हुनुपर्ने : Icon Khabar

काठमाडौँ, पुस २२ । नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षता र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको आतिथ्यमा २६ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक गृह मन्त्रालयको सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालले हरेक वर्ष केहि न केहि प्राकृतिक विपत्ति व्यहोरिरहेको हुँदा नेपालको सुदुर पश्चिम क्षेत्र जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पको लागि ३ वटै तहका संघ, प्रदेश र स्थानीय तहहरुले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । उनले विपद् जोखिमबाट बचाउन जनजेतनामूक कार्यक्रमहरुको माध्यमबाट क्षति न्यूनीकरण गर्न सकिने र विपद् पश्चात उद्वार, राहत र पुनःनिर्माणलाई तीब्रता दिन सम्बद्ध सबैलाई ध्यानाकर्षण गराए।

कार्यक्रममा आफ्नो विचार राख्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प सुरक्षा दिवसको नारालाई भन्दा कामलाई बढी जोड दिनुपर्ने बताए । उनले हालै गएको जाजरकोट, पश्चिम रुकुम र अछाममा गएको भूकम्पमा भएको क्षति, रोकथाम र हालसम्म भएको प्रगतिबारे सबैलाई जानकारी दिनुपर्ने तथा २०७२ सालको भूकम्प पश्चात भएको पुनःनिर्माणको प्रगति समीक्षा बैठकमा हुनुपर्ने बताए ।

उनले सन् २००८ मा जनवादी गणतन्त्र चीनको सिचुआन प्रान्तमा गएको भूकम्पपश्चात ३ वर्षमा पुनःनिर्माण कार्य सम्पन्न गरेको र सन् २०२३ मा टर्कीमा गएको भूकम्पमा कमजोर संरचनाका कारण संरचना भत्केको हुँदा ती कमजोर संरचना निर्माण गर्ने ठेकेदारहरुलाई कार्वाही गरेको स्मरण गराउदै नेपालको सन्दर्भमा भने सरकारले कुनै कारवाही नगरेको तथा पुनःनिर्माणमा तदारुकता नदेखाएकोमा बताए।

प्रमुख प्रजापतिले भूकम्प सुरक्षा दिवसकै अवसर पारेर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्डको संयुक्त आयोजनामा यहि माघ २ गते हुन गइरहेको भूकम्प सम्बन्धी प्रदर्शनी र माघ ५ गते हुन गइरहेको भूकम्प गोष्ठी हुने जानकारी दिए । त्यसलाई उक्त कार्यक्रममा समावेश गर्ने बैठकले निर्णय गर्यो‍ ।

बैठकमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले २६ औं भूकम्प सुरक्षा दिवस मूल समारोह आयोजना गर्ने जिम्मेवारी प्रदान गरिएकोमा धन्यवाद व्यक्त गर्नुहु“दै सो कार्यक्रमलाई भव्य रुपमा सफलतापूर्वक सम्पन्न गर्न सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गरे।

बैठकले “स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं” भन्ने मूल नाराका साथ २०८० माघ २ गते हुने २६ औं भूकम्प सुरक्षा दिवस चन्द्रागिरी नगरपालिकाका आयोजना गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा उक्त कार्यक्रमलाई केन्द्रमा राखी पौष २६ देखि माघ १६ गतेसम्म हुने विभिन्न कार्यक्रमहरुलाई सफल बनाउन गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, सहरी विकास मन्त्रालयका सचिव सरजु कुमार बैद्य, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, ३ वटै सुरक्षा निकायका प्रमुखहरु, एनसेटका कार्यकारी निर्देशक सूर्यानारायण श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष प्रा. सुदर्शन नेपाललगायतले आ–आफ्नो विचार राखेका थिए।

Published Date: 07 January 2024
ताजा
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढ्यो
मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता