आइतबार नेप्से परिसूचक २६.३६ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २६.३६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुस २२ । आइतबार नेप्से परिसूचक २६.३६ अंक घटेर २०२२.९२ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा ३०४ स्टकको ९८ हजार ६३२ पटकको कारोबारमा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज हाथवे इन्भेष्टमेन्टको करिब २० करोडको शेयर कारोबार भएको छ भने माउन्टेन इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम साढे १५ करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक यस दिन १.०३ प्रतिशत बढेको छ। आज जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2024
Website | + posts