आइतबार नेप्से परिसूचक २६.३६ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २६.३६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुस २२ । आइतबार नेप्से परिसूचक २६.३६ अंक घटेर २०२२.९२ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा ३०४ स्टकको ९८ हजार ६३२ पटकको कारोबारमा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँ बराबरको १ करोड ५२ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज हाथवे इन्भेष्टमेन्टको करिब २० करोडको शेयर कारोबार भएको छ भने माउन्टेन इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम साढे १५ करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक यस दिन १.०३ प्रतिशत बढेको छ। आज जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 07 January 2024


ताजा
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी
रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित
बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी