जनप्रतिनिधिकै संलग्नतामा अवैध क्रसर संचालन

जनप्रतिनिधिकै संलग्नतामा अवैध क्रसर संचालन : Icon Khabar

बर्दिबास, माघ ७। जिल्ला समन्वय समिति महोत्तरीले पुस ७, १० र १३ गते क्रसर उद्योगको स्थलगत अनुगमन गरी अवैध उद्योग बन्द गर्न निर्देशन दिएको छ । समितिले लगत्तै ७ बुँदे सुझावसहित अनुगमन प्रतिवेदन जारी गरेसँगै स्थानीय तहका प्रमुख देखि अधिकांश जनप्रतिनिधिहरूमा तरङ्ग आएको छ ।

जनप्रतिनिधिहरू आफू चोखिन दिनहुँ जस्तै पत्रकार सम्मेलन गरी नाटकीय प्रतिक्रियाहरू दिँदै आएका छन् । बर्दिबास नगरपालिका समितिलाई नै उल्टै गलत साबित गर्ने प्रयास गर्दै पत्रकार सम्मेलन गरेसँगै जिल्ला समन्वय समिति महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरी जनप्रतिनिधिहरू क्रसरमा संलग्न हुनु दुर्भाग्य भएको जनाएको थियो । जिम्मा पाएको नेतृत्वले जनतालाई झुक्काएर अवैध रूपमा क्रसर सञ्चालनमा संलग्न भई दोहन गर्नु र रातारात अरवौ कमाउनु गलत काम भएको भन्दै तत्काल क्रसर बन्द गर्नु पर्ने सुझाव समितिले दिएको छ ।

गौशाला नगरपालिका पत्रकार सम्मेलन गरी सकेको छ भने भंगाहा सीतापुर नगरपालिकाले पनि पत्रकार सम्मेलन गर्ने तयारी गरेको प्रमुख संजीव साहले बताउनुभयो । पत्रकार सम्मेलनको एउटै मात्र अर्थ भनेको आफू चोखो र समितिको निर्देशन आदेश र सुझावलाई पालना नगर्नु नै मुख्य रहेको स्थानीयको आरोप छ ।

क्रसर उद्योगको बेथितिलाई लिएर जिससले सार्वजनिक गरेको प्रतिवेदनबारे सबैभन्दा पहिले बर्दिबास नगरपालिकाले पत्रकार सम्मेलन गरेको थियो । सञ्चारकर्मीसँग नगर प्रमुख प्रह्लाद क्षेत्रीले जिससले क्षेत्राधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै अनुगमन प्रतिवेदन दुराशयपूर्ण भएको धारणा राख्नु भएको थियो ।

जिसस प्रमुख सुमन लाल कर्णले अनुगमन प्रतिवेदनमा तथ्यलाई आधार मानेर तयार गरिएको बताउनुभयो । ‘अनुगमनका क्रममा जे देखियो प्रतिवेदनमा त्यही उल्लेख गरेका हौँ’ कर्णले भन्नु भयो ‘हामी नियमनकारी निकाय हौँ कसैको शत्रु हैनौ ।’ तर स्थानीय तहका सरकार प्रमुखहरूको भूमिका क्रसरमा गलत देखियो ।

नगरपालिकाले नियमन गर्न अटेर गरे गैर कानूनीढंगमा सञ्चालित क्रसरको लाइनसमेत काटेर कारबाही गर्न जिसस बाध्य हुने उहाँले बताउनु भयो । ‘गिट्टी बालुवा फालिएको बस्तु हैन, यो राज्यको अंश हो । आफूखुसी उत्खनन गरे जिससले रोक्छ र कानुनी प्रक्रिया अगि बढाउ छ’ कर्णले दृढता व्यक्त गर्नु भयो ।

जिससले भने एकपछि अर्को त्रुटि औल्याउदै कानुनको दायरा उल्लङ्घन गरे कारबाहीमा पछि नपर्ने दृढता प्रकट गरेको छ ।

Published Date: 21 January 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु