जनप्रतिनिधिकै संलग्नतामा अवैध क्रसर संचालन

जनप्रतिनिधिकै संलग्नतामा अवैध क्रसर संचालन : Icon Khabar

बर्दिबास, माघ ७। जिल्ला समन्वय समिति महोत्तरीले पुस ७, १० र १३ गते क्रसर उद्योगको स्थलगत अनुगमन गरी अवैध उद्योग बन्द गर्न निर्देशन दिएको छ । समितिले लगत्तै ७ बुँदे सुझावसहित अनुगमन प्रतिवेदन जारी गरेसँगै स्थानीय तहका प्रमुख देखि अधिकांश जनप्रतिनिधिहरूमा तरङ्ग आएको छ ।

जनप्रतिनिधिहरू आफू चोखिन दिनहुँ जस्तै पत्रकार सम्मेलन गरी नाटकीय प्रतिक्रियाहरू दिँदै आएका छन् । बर्दिबास नगरपालिका समितिलाई नै उल्टै गलत साबित गर्ने प्रयास गर्दै पत्रकार सम्मेलन गरेसँगै जिल्ला समन्वय समिति महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरी जनप्रतिनिधिहरू क्रसरमा संलग्न हुनु दुर्भाग्य भएको जनाएको थियो । जिम्मा पाएको नेतृत्वले जनतालाई झुक्काएर अवैध रूपमा क्रसर सञ्चालनमा संलग्न भई दोहन गर्नु र रातारात अरवौ कमाउनु गलत काम भएको भन्दै तत्काल क्रसर बन्द गर्नु पर्ने सुझाव समितिले दिएको छ ।

गौशाला नगरपालिका पत्रकार सम्मेलन गरी सकेको छ भने भंगाहा सीतापुर नगरपालिकाले पनि पत्रकार सम्मेलन गर्ने तयारी गरेको प्रमुख संजीव साहले बताउनुभयो । पत्रकार सम्मेलनको एउटै मात्र अर्थ भनेको आफू चोखो र समितिको निर्देशन आदेश र सुझावलाई पालना नगर्नु नै मुख्य रहेको स्थानीयको आरोप छ ।

क्रसर उद्योगको बेथितिलाई लिएर जिससले सार्वजनिक गरेको प्रतिवेदनबारे सबैभन्दा पहिले बर्दिबास नगरपालिकाले पत्रकार सम्मेलन गरेको थियो । सञ्चारकर्मीसँग नगर प्रमुख प्रह्लाद क्षेत्रीले जिससले क्षेत्राधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै अनुगमन प्रतिवेदन दुराशयपूर्ण भएको धारणा राख्नु भएको थियो ।

जिसस प्रमुख सुमन लाल कर्णले अनुगमन प्रतिवेदनमा तथ्यलाई आधार मानेर तयार गरिएको बताउनुभयो । ‘अनुगमनका क्रममा जे देखियो प्रतिवेदनमा त्यही उल्लेख गरेका हौँ’ कर्णले भन्नु भयो ‘हामी नियमनकारी निकाय हौँ कसैको शत्रु हैनौ ।’ तर स्थानीय तहका सरकार प्रमुखहरूको भूमिका क्रसरमा गलत देखियो ।

नगरपालिकाले नियमन गर्न अटेर गरे गैर कानूनीढंगमा सञ्चालित क्रसरको लाइनसमेत काटेर कारबाही गर्न जिसस बाध्य हुने उहाँले बताउनु भयो । ‘गिट्टी बालुवा फालिएको बस्तु हैन, यो राज्यको अंश हो । आफूखुसी उत्खनन गरे जिससले रोक्छ र कानुनी प्रक्रिया अगि बढाउ छ’ कर्णले दृढता व्यक्त गर्नु भयो ।

जिससले भने एकपछि अर्को त्रुटि औल्याउदै कानुनको दायरा उल्लङ्घन गरे कारबाहीमा पछि नपर्ने दृढता प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2023
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)